PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

डोरी चुडिएपछि आमादब्लम आरोहण गरी फर्केका अष्ट्रेलियन आरोहीको मृत्यु



डोरी चुडिएपछि आमादब्लम आरोहण गरी फर्केका अष्ट्रेलियन आरोहीको मृत्यु

सगरमाथा क्षेत्रमा रहेको ६ हजार ८ सय १२ मिटर अग्लो आमादब्लम हिमालमा पुगेर फर्कन क्रममा एक अष्ट्रेलियाली नागरिकको मृत्यु भएको छ। हिमालबाट चट्टानहरु खसेर हिमाल चढ्न राखिएका डोरी(क्लामबिङ रोप) मा क्षति पुगेको थियो।

हिमाल आरोहणपछि झर्दै गर्दा न्यू साउथ वेल्सका ३३ वर्षे माइकल जिओफेरी डेभिसले समाइरहेको डोरी चुडिएपछि खसेर उनको मृत्यु भएको डेली मेलले जनाएको छ।

उनको समूहमा रहेका बाँकी १५ आरोहीसहित गाइडहरु भने घाइते नभएको जनाइएको छ।

टप हिमालय गाइडका प्रबन्ध निर्देशक छिरिङ पाण्डे भोटेले हवार्इ रेस्क्यू अपरेसन गर्दा जिओफेरीको शव भेटिएको उल्लेख गरेको छ। पोस्टमार्टमका लागि उनको शव काठमाडौं ल्याइएको छ।

जिओफेरीको मृत्युकाबारे बुझ्न र शव फिर्ता ल्याउन उनका परिवारका सदस्यहरु नेपाल आउँदैछन्।

जिओफेरीसँगै हिमाल आरोहण गरिरहेका नर्वेका चिकित्सकले चट्टान खसेर जिओफेरीलार्इ लागेको र उनले समाइरहेको डोरी चुडिएको बताएको जिओफेरीकी बहिनी कोबी डेभिसले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell