PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

इपीएल : पोखरा राइनोजको प्रशिक्षकमा अष्ट्रेलियन नाथन डोड नियुक्त



पहिलोपोस्ट

इपीएल : पोखरा राइनोजको प्रशिक्षकमा अष्ट्रेलियन नाथन डोड नियुक्त

काठमाडौँ : यही मंसिर २२ देखि काठमाडौँमा हुने एभरेष्ट प्रिमियर लिग टी-२० क्रिकेटका लागि पोखरा राइनोजले अष्ट्रिलियाका नाथन डोडलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

इपीएलमा पहिलो विदेशी प्रशिक्षक भित्र्याउने पोखरा पहिलो फ्रेन्चाइज समेत बनेको छ।

पोखराका खेलाडीको विकास र उत्कृष्ट प्रशिक्षण दिलाउनका लागि डोडलाई नियुक्त गरेको पोखरा राइनोजले जनाएको छ।

उनले खेलाडीलाई विश्वस्तरिय प्रशिक्षण दिलाउने र उनको नेतृवदायी क्षमताले खेलाडीले पनि आफ्नो क्षमतालाई अझ उजागर गर्ने सक्ने क्लबले जनाएको छ।

डोडले क्रिकेट अष्ट्रेलियाबाट हाइ परफरमेन्स (लेभल ३) कोचिङ एक्रेडिसन प्राप्त गरेका छन्।

उनले अष्ट्रेलियन राष्ट्रिय क्रिकेट टिमको वर्तमान प्रशिक्षक जस्टिन लान्जर लगायत अन्य प्रशिक्षकसँग काम गरिकसकेका छन्।

डोड हाल एनएसडब्लु ब्लुजको कल्सलट्यान्ट डेभलपमेन्ट कोच र 'अष्ट्रेलियन क्रिकेट टिम फर प्लेअर्स विथ इन्टेलेक्टुअल डिसाबेलिटी २०१७ र २०१८' को सिनियर असिस्ट्यान्ट कोच छन्।

यस्तै उनी 'नर्थन टेरिटोरी वुमन्स एण्ड इन्डिजेनियस वुमन्स टिम २०१६' को पनि हेड कोच थिए।

टी-२० क्रिकेटमा डोडको कोचिङ रेकर्ड उत्कृष्ट छ। 'पोखरा राइनोजको खेलाडीहरुको विकासका लागि म आफ्नो शतप्रतिसत दिनेछु।' डोडले भनेका छन्।


 

भेट्रान स्पीनर शक्ति गौचन नेतृत्वको रहेको पोखरा टिममा विनोद भण्डारी, विक्रम सोब, विपिन खत्री, किशोर महतो, राजेश पुलामी मगर, सुनिल धमला, शौरभ खनाल, सुशन भारी र देव शाह रहेका छन्।

गत संस्करणमा टोलीमा रहेका नुरध्वज सेन सन्तष भट्लाई यस पटक टिमबाट रिलिज गरिएको छ। उनीहरुको स्थानमा पोखरा राइनोजले बिडिङमार्फत नन्दन यादव र सुवेन्दु पाण्डेलाई टोलीमा भित्र्याएको छ।

यस्तै विदेशी खेलाडीअन्तर्गत पोखराले तीन खेलाडी अनुबन्ध गर्न बाँकी छ। स्कटल्याणण्डका केल कोत्जरले यस संस्करणमा पोखराबाट खेल्ने भनिएपनि औपचारिक घोषणा हुन बाँकी छ।

गत सिजन पोखराबाट तीनपाकिस्तानी खेलाडी इस्रारउल्लाह, आसिफ अली र ताज वालीले खेलेका थिए। आसिफ अली अहिले पाकिस्तानको राष्६्रिय टोलीबाट खेलिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell