PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

न्यूनदृष्टियुक्तको क्रिकेट प्रतियोगिता विराटनगरमा हुने



न्यूनदृष्टियुक्तको क्रिकेट प्रतियोगिता विराटनगरमा हुने

विराटनगर : नेत्रहीन क्रिकेट सङ्घ नेपालले शहीद रङ्गशालामा ‘प्रथम रोनाल्ड म्याकुली कप’ सञ्चालन गर्ने भएको छ। प्रतियोगिता यही मङ्सिर ५ दखि ८ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा म्याग्दी, झापा, बर्दिया र त्रिभुवन आर्मी क्लब सहभागी हुने सङ्घका केन्द्रीय अध्यक्ष पवन घिमिरेले आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिए। विश्व नेत्रहीन क्रिकेट परिषदको न्यूनदृष्टियुक्त क्रिकेट खेल नियमानुसार टी-२० ढाँचामा खेल खेलाइनेछ।

यस वर्षदेखि शुरु हुन लागेको सो प्रतियोगितामा ६० खेलाडीले भाग लिने बताइएको छ। प्रतियोगिताको उद्घाटन खेल झापा र बर्दियाबीच हुने कार्यक्रम तय भएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell