PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेविसंघको महाधिवेशन दुई महिनाभित्र गराउन सम्भवै छैन : डा. शशांक



नेविसंघको महाधिवेशन दुई महिनाभित्र गराउन सम्भवै छैन : डा. शशांक

काठमाडौं: नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल विद्यार्थी संघ - नेविसंघको महाधिवेशन दुई महिनापछि सार्ने पार्टी केन्द्रिय कार्य समितिको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

महामन्त्री कोइरालाले २ महिनाभित्र नेविसंघको महाधिवेशन सम्पन्न गराउन सम्भव नरहेको भन्दै पार्टी केन्द्रिय कार्य समितिको आईतवार बसेको बैठकको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै कोइरालाले आफू नेविसंघको महाधिवेशनको मिति ६ महिना पछि सार्ने पक्षमा रहेको पनि स्पष्ट पारे। 

आईतवार साँझ बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकमा सभापति शेरबहादुर देउवाले नेविसंघको म्याद २ महिना मात्रै थप गर्ने प्रस्ताव बहुमतले पारित भएको थियो। तर महामन्त्री कोइरालाले २ महिनाभित्र नेविसंघको महाधिवेशन सम्पन्न गराउन सम्भव छ भनी सभापति देउवालाई प्रश्न गरेका थिए। महामन्त्री कोइराला आइतवारको केन्द्रीय कार्य समिति बैठकमा उपस्थित भने भएनन्। फागुनमा स्ववियूको निर्वाचनपछि नेविसंघको महाधिवेशन गर्ने निर्णय गरेको भए उपयुक्त हुने उहाँको प्रतिक्रिया थियो।

महामन्त्री कोइरालाले पार्टीको महासमिति बैठक अब सार्न नहुने धारणा पनि राखे। आगामी मंसीर २८ गतेबाट सुरु हुने भनि गरिएको निर्णय अनुसार नै महासमिति बैठक बस्नुपर्ने उनको अडान छ। महामन्त्री कोइरालाले पार्टीको विधान निर्माणमा गम्भिर भएर लाग्न पनि विधान संशोधन मस्यौदा समितिलाई सचेत गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell