काठमाडौं : यही मंसिर २२ गतेदिख सुरु हुने टीभीएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।
आयोजकले सोमवार सार्वजनिक गरेको तालिकाअनुसार उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रीओट्सबीच प्रतिस्पर्धा हुनेछ।
विराटनगर पारस खड्काको कप्तानीमा तथा ललितपुर ज्ञानेन्द्र मल्लको कप्तानीमा खेल्दैछन्।
राउण्ड रोविन लिगमा हुने प्रतियोगिताको पहिलो दिन उद्घाटन खेल मात्र हुने र दोस्रो दिनबाट लिचको दुई-दुई खेल हुनेछ।
यस्तै प्लेअफअन्तर्गत भने एक दिनमा एक खेल मात्र हुनेछ।
मंसिर २२ देखि पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ शहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन्।
जसमा विराटनगर र ललितपुरसँगै काठमाडौँ किंग्स ११, चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स छन्।