PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

दुगड ग्रुपले ल्याउँदै अत्याधुनिक उपकरण, दैनिक २५ किलोमिटरसम्म सडक पिच गर्ने



दुगड ग्रुपले ल्याउँदै अत्याधुनिक उपकरण, दैनिक २५ किलोमिटरसम्म सडक पिच गर्ने

काठमाडौं: एमभी दुगड ग्रुपले सडक निर्माणमा उपयोगी तीन वटा अत्याधुनिक उपकरण ल्याउने भएको छ। यी उपकरणको निर्माण क्षमता दैनिक २५ किलोमिटरसम्म रहेको कम्पनीका उपाध्यक्ष विवेक दुगडले जानकारी दिए।

कम्पनीले 'रिटगन ग्रुप' ले उत्पादन गरेको ह्यामको ब्राण्डको 'थ्रोन रोलर' काँडा जडित रोलर, भोग्लेको पेबर र रिटगनको कोल्ड मिलिङ मेसिन लगायतको अत्याधुनिक उपकरण ल्याउन लागेको हो।

पेवरले उपकरणले सडक पिच गर्न केमिकल कम्पोजिसन तयार पार्ने कम्पनीले जानकारी दिएको छ।  

कम्पनीका अनुसार सडक निर्माणका लागि भोग्लेको पेवरसँगै आवश्यक पर्ने पानीको ट्याङ्कर, ह्यामको सिंगल ड्रम कम्प्याक्टर, बाइन्डीङ स्प्रेड,  इमल्सन ट्याङ्करलगायत विभिन्न आवश्यक उपकरणहरू पनि उपलब्ध गराएको छ। यसबाट दैनिक २५ किलोमिटर सडक पिच गर्न सकिने कम्पनीले दाबी समेत गरेको छ।

यसको प्रयोगले जनशक्ति पनि कम लाग्ने उपाध्यक्ष दुगडले बताए। उपकरण प्रयोगका लागि भने नर्मल अपरेटरलाई कम्पनीले नै तीन महिने तालिम दिने पनि उनले जानकारी दिए।

उनकाअनुसार कम्पनीले सडक विभागसँग पेबरसम्बन्धी समन्वय गरिसकेको छ। चार वटा पेबरको अडर पाइसकेकोले तीन महिनाभित्र पेबर ल्याउने योजनामा रहेको उनले बताए। कम्पनीका अनुसार नेपाली बजारमा  पेबरको मूल्य दुई करोड पचास लाख रुपैयाँ रहेको तोकिएको छ।

पेबरसहित बाँकी कोल्ड मीलीङ मेसिन, रोलर लगायतका चार वटा उपकरण(सेट) जम्मा १२ करोड रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ। यी उपकरणबाट निर्माण गरिएको सडक तीन दिनमै सञ्चालन गर्न सकिने उनले बताए।

कम्पनीले पुरानो पिच उप्काएर नयाँ पिच गर्न रिटगनको कोल्ड मीलीङ मेसिन ल्याउन लागेको छ। जोल्टीङ रहित 'सन्तुलित' सडक विस्तारका लागि कोल्ड मीलीङ मेसिन ल्याउने दुगडले बताए। यसको प्रयोगबाट सडक निर्माण लागत समेत ३३ प्रतिशत घट्ने उनको दाबी छ।

यो उपकरण सन् १९७१ देखि  प्रयोजनमा आइरहेको उनले जानकारी दिए। कम्पनीकाअनुसार कुल मीलीङ मेसिनमा जडान गरिएका 'कटर'मा हीरा जडान भएको छ।

यसको प्रयोगबाट सडक मर्मत गर्दा सडकको पुरानो बेसमा कुनै प्रभाव नपर्ने पनि कम्पनीले जनाएको छ।  यस उपकरणका ३४ वटा मोडल रहेका छन्। आवश्यकता अनुसारका मोडल आयात गर्ने कम्पनीको योजना रहेको छ।
      
‘ब्याक लोडर, ट्रिफर र एक्साभेटर मात्र सडक निर्माणका लागि आवश्यक उपकरण होइनन्।’- दुई वर्षदेखि सडक निर्माणमा प्रयोग गरिने अत्याधुनिक उपकरणबारे अध्ययन गर्दै गरेपछि नयाँ प्रविधिका सामाग्री भित्र्याउन लागेको उपाध्यक्ष दुगडले जानकारी दिए।

ह्यामको ड्रम टेक्नोलोजीमा रहेको भाइब्रेसनको कम्प्याक्सन राम्रो रहेको उनले बताए।  अन्य रोलरको कम्प्याक्ट ड्रमको बीच वा छेउको भागमा राखिएको हुने तर  यसको ड्रमको सबै भागमा बराबर वजन राखिएको हुने हुँदा  सडकमा माटो भरेर थिच्दा सन्तुलित हुने बताइएको छ।

कम्पनीले ल्याउन लागेको 'काँडा' युक्त रोलरले सडक निर्माण गर्दा ग्रिप राख्न मद्दत गर्छ। यो उपकरण हुलाकी मार्ग, लोक मार्ग, फास्ट ट्र्याक लगायतका नयाँ सडक निर्माणकालागि उपयोगी रहेको उनले बताए।

यसबाट रोल गरी सकेर त्यसमाथि बिटुमीन र रोडा मजबुत हुने कम्पनीको दाबी छ।

हाल कम्पनीले रोयल इन्फील्ड, महिन्द्राको प्रफीट ट्रक, लोड कीङ, म्याक्सीमो  लगायतको  ट्रक विक्री गर्दै आएको छ भने हेभी इक्विपमेन्टमा अर्थ मास्टर विक्री गर्दै आएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell