PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दक्षिण एसियाली शारीरिक सुगठनको पहिलो संस्करण नेपालमा हुँदै



पहिलोपोस्ट

दक्षिण एसियाली शारीरिक सुगठनको पहिलो संस्करण नेपालमा हुँदै

काठमाडौँ : एसियन फेडेरेसन अफ बडिबिल्डिङ एण्ड फिटनेस (एएफबीए) को आयोजनामा 'प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता २०७५' नेपालमा आयोजना हुने भएको छ।

प्रतियोगिताको लागि आयोजनाको नेपालको प्रतिनिधिको रुपमा रहेको नेप्लिज फेडेरेसन अफ बडिबिल्डिङ एण्ड फिटनेस (एनएफबीएफ) ले मंगलबार पत्रकार सम्मेनल गर्दै प्रतियोगिता यही मंसिर ७ देखि ९ गतेसम्म नेपालमा आयोजना गर्न लागेको जानकारी दिएको छ।

दक्षिण एसियाका खेलाडीहरुको सहभागितामा हुन लागको यस प्रतियोगिताले नेपाली खेलाडी अन्तर्राष्ट्रिय पहिचान प्राप्त गर्ने अवसर पाउने एनएफबीएफका अध्यक्ष शिव लामिछाने बिकले बताए।

एएफबीएफका एक्जुकेटिभ मेम्बर रहेका लोकेन्द्र परियारको विशेल पहलमा यो प्रतियोगिता नेपालमा हुन लागेको हो।  परियार एनएफबीएफका सदस्य सचिव हुन्।

प्रतियोगिताको लागि दक्षिण एसियाका सात रअफगानिस्तान गरी कूल ८ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्ने सदस्य सचिव लोकेन्द्र परियारले जानकारी दिए।

परियारका अनुसार नेपाल बाहेकका देशबाट करिब ५० खेलाडी नेपाल आउनेछन्। यस्तै आयोजक देशको हैसियतमा नेपालबाट एक क्याटेगोरीमा २ खेलाडीले प्रतिस्पर्धा गर्ने र आवश्यक परेमा ३ खेलाडीसम्म नेपालले एकै क्याटेगोरीमा खेलाउने सक्ने उनको भनाई छ।

प्रतियोगितामा पुरुष शारीरिक सुगठनतर्फ विभिन्न सात तौल समूह र पुरुष फिजिकतर्फ तीन उचाई समूहमा प्रतिस्पर्धा हुनेछ। यस्तै महिलातर्फ फिटनेश खुला र महिला फिजिकतर्फ दुई उचाई समूहमा प्रतिस्पर्धा गराइनेछ।

पहिलो दिन मंसिर ७ गते खेलाडी दर्ता, जज मिटिङ, म्यानेजर मिटिङ लगायत तयारी हुने र दोस्रो दिन प्रि जजिङदेखि फाइनल प्रतिस्पर्धा सम्पन्न हुने आयोजकले जनाएको छ।

यस्तै दोस्रो दिनै साउथ एसियन फेडरेसन अफ बडिबिल्डिङ एण्ड फिटनेस (एसएएफबीएफ) को संस्थापक कार्यसमिति चयन समेत हुनेछ।

प्रतियोगिताको लागि कूल ४२ लाख खर्च हुने र विदेशी खेलाडीको लागि दर्ता शुल्क ३ सय ५० अमेरिकी डलर तोकिएको आयोजकले जनाएको छ।

नेपाली खेलाडीको छनोट र नेपाली खेलाडीको दर्ता शुल्क बारे भने भोली एएफबीएफको मिटिङपछि निर्णय गरिने लोकेन्द्र परियारले जानकारी दिए।

यस प्रतियोगिता आयोजकको रुपमा रहेको एएफबीएफ इन्टरनेशनल फेडेरेसन अफ बडिबिल्डिङ एण्ड फिटनेश (आइएफबीबी) को महादेशिय सदस्य हो। आइएफबीबीले विश्वमा मल्टी स्पोर्ट्स फेस्टिभल 'द अर्नोल्ड क्लासिक' र विश्वकै चर्चित शारीरिक सुगठन प्रतियोगिता 'मिस्टर ओलम्पिया' को आयोजना गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell