PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चैतमा हेर्न पाइने भो सलिनको भ्लग



पहिलोपोस्ट

चैतमा हेर्न पाइने भो सलिनको भ्लग

काठमाडौं : फिल्म 'यात्रा अ म्युजिकल भ्लग'को प्रदर्शन मिति तय भएको छ। सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्म चैत्र २९ गते प्रदर्शन गर्ने निर्माण टिमले जनाएको छ।

टिमले फिल्मको पोस्टर पनि सार्वजनिक गरेको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार सलिनमान बनियाँ फिचर्ड छन्। भ्लग निर्माणका लागि आवश्यक सामाग्रीलाई पनि पोस्टरमा सलिनसँगै देख्न सकिन्छ। फिल्ममा सलिनसँगै सलोन बस्नेत ,जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवरलगायतको अभिनय छ।  

फिल्ममा चीनका जुन झाङ र केन्याका बोबीको पनि अभिनय छ। कोटकी कालिका देवी फिल्मस, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिष शाहको सम्पादन, शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत छ।





 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell