PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

१४ वर्षदेखि फरार अभियुक्त पक्राउ



१४ वर्षदेखि फरार अभियुक्त पक्राउ

काठमाडौं: १४ वर्ष अगाडि अपहरणको मुद्दामा अदालतले दोषी ठहर गरेका तीन जनलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी बाराबाट खटिएको टोलीले गजिन्द्र राय, मंगल शिवधारी महरा र सुरेन्द्र बरैलाई गत मंगलवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले जानकारी दिए।

२०६१ चैत २८ गते बारा गाविस दक्षिण झिटकैया वडा नम्वर १ बस्ने शिवशंकर साह तेलीलाई अपहरण गरेका थिए। तेलीलाई भारत विहार पूर्वी चम्पारणबाट २०६२ वैशाख ११ गते नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा उद्धार गर्न सफल भएको थियो।

पक्राउ गरिएका उनीहरुलाई बारा जिल्ला अदालतमा दुबै जनालाई पुर्पक्षको लागि कारागार कार्यालय वीरगंज पर्सामा पठाईएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell