PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ठूलो मात्रामा अवैध विदेशी मुद्रासहित दुई पक्राउ



ठूलो मात्रामा अवैध विदेशी मुद्रासहित दुई पक्राउ

काठमाडौं: प्रहरीले ठूलो मात्रामा अवैध विदेशी मुद्रासहित दूई जनालाई पक्राउ गरेको छ। कास्की प्रहरीले बिहिवार काठमाडौं महानगरपालिका वडा ३५ का २९ वर्षीय चन्दा थापा र भारत मुम्बइ महाराष्ट्रका ४८ वर्षीय बिनायक कुमार बाबुलाल शाहलाई नियन्त्रमा लिएको हो।

उनीहरुको ३१ लाख २८ हजार ७ सय रुपैयाँ बराबरको भारतीय रुपैयाँ, अमेरीकी डलर, बेलायती पाउन्डसहितका रकम प्रहरीले बरामद गरेको छ। थापा र बाबुलाललाई प्रहरीले थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग काठमाडौं पठाइएको जनाएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell