PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कपिलवस्तुमा प्रदेश सभा उम्मेद्वारको गोली हानी हत्या



कपिलवस्तुमा प्रदेश सभा उम्मेद्वारको गोली हानी हत्या

काठमाडौं: कपिलवस्तुमा एक जनाको गोली हानी हत्या भएको छ। 

प्रदेश सभा सदस्यको लागि कपिलवस्तु क्षेत्र १ 'ख'बाट स्वतन्त्र उम्मेद्वार रहेका शुद्धोधन गाउँपालिका ४ मोतिभारका दिपेन्द्रकुमार चौधरीको गोली हानी हत्या गरिएको हो। 

गोली लागी घाइते भएका चौधरीको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक गोविन्द रावलले जानकारी दिए।
 
शुक्रवार राति करिव ९ बजेर १५ मिनेटमा मोटरसाइकलमा आएका युवकले गोली हानेको प्रारम्भिक अनुसन्धान खुलेको प्रहरीले जनाएको छ। 
घटनास्थमा प्रहरीले भारतीय नम्बर प्लेटको बाइकसमेत फेला पारेको निरिक्षक रावलले जानकारी दिए।

तीन दिन अगाडिमात्र सुनसरीको दुहबीमा ५० वर्षीय फिदा हुसेनको गोली हानी हत्या भएको थियो। 

 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell