PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

गाँजाको विषयमा बानेश्वरमा 'ग्याङ फाइट': एक युवकको मृत्यु, एक गम्भीर घाइते



पहिलोपोस्ट

गाँजाको विषयमा बानेश्वरमा 'ग्याङ फाइट': एक युवकको मृत्यु, एक गम्भीर घाइते
प्रतिकात्मक तस्विर

काठमाडौः नयाँ बानेश्वरको सुकुम्वासी टोलमा दुई समूहबिच शनिवार दिउँसो 'ग्याङ फाइट' भएको छ। ग्याङ फाइटमा परी एक जनाको मृत्यु भएको छ।

खुकुरी प्रहारबाट घाइते भएका विक्की मगरको उपचारको क्रममा नयाँ बानेश्वरको सिभिल अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी गोविन्द काफ्लेले जानकारी दिए। डिएसपी काफ्लेले भने,' उनीहरू एउटै समूहका हुन्। गाँजाको बाँड्फाँड्को विषयमा विवाद भएको रहेछ। विवाद बढ्दै गएपछि खुकुरी हानाहान भएको देखियो।'

झडपमा २२ वर्षीय युवक अनिल श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। खुकुरी प्रहार गर्ने समूहको खोजी भइरहेको डिएसपी काफ्लेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell