PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


रामेछापको विद्यालयलाई एभरेस्ट टाइम्सको सहयोग


रामेछापको विद्यालयलाई एभरेस्ट टाइम्सको सहयोग

न्युयोर्क: एभरेस्ट टाइम्स पत्रिकाको आयोजनामा भएको काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल घुम्ती किम्फको चौथो संस्करणबाट संकलित रकम रामेछापको बल्दिङ आधारभुत विद्यालयलाई सहयोग गरेको छ।

न्युयोर्कमा गरिएको चौथो घुम्ती किम्फमा संकलित रकमबाट खर्च कटाएर बचेको रकम क्विन्समा आयोजित एक कार्यकमकाबीच, एभरेस्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले अमेरिका गुम्देल ट्रस्टका अध्यक्ष सोनाम गेल्बु शेर्पा र कोषाध्यक्ष जोङ्बु शेर्पालाई हस्तान्तरण गरेका हुन्। प्रधान सम्पादक शेर्पाले १ हजार एक सय २० डलर (१ लाख २६ हजार ५ सय १२ रुपैयाँ) हस्तान्तरण गरेका हुन्।

उक्त रकम अमेरिका गुम्देल ट्रष्ट मार्फत विद्यालयलाई प्रदान गरिने छ। किम्फबाट बचेको रकम दुर्गमको विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै किम्फ सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। एभरेस्ट टाइम्सले गएको ४ बर्षदेखि आयोजना गर्दै आएको घुम्ती किम्फबाट बचेको रकम सोलुखुम्बुको सेर्गा बागम प्रावि, चाँगेस्थान मावि र गत वर्ष सिन्धुपाल्चोकको हेलम्बुमा रहेको जम्बियाङ प्रलिलाई सहयोग गरेको थियो।



रामेछापको विद्यालयलाई एभरेस्ट टाइम्सको सहयोग को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट