PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


जोर बिजोर प्रणालीबाट पछि हट्यो सरकार, ११ः३० देखि सबै सवारी चल्ने


पहिलोपोस्ट

जोर बिजोर प्रणालीबाट पछि हट्यो सरकार, ११ः३० देखि सबै सवारी चल्ने

काठमाडौँः विवादित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको कार्यक्रम व्यवस्थापनका लागि भन्दै उपत्यकामा सवारी साधनमा लागू गरिएको जोर बिजोर प्रणाली हटाइएको छ। नागरिकस्तरबाट सरकारको चर्को आलोचना भएपछि शुक्रबार बिहान ११ः३० देखि लागू हुनेगरि जोर बिजोर प्रणाली खारेज गरिएको हो।

बिहीबारदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू भएपछि सर्वसाधरणले सास्ती व्यहोरेका थिए। 

पढ्नुस्ः विवादित संस्थाको कार्यक्रम : जोर बिजोरले यात्रु सास्तीमा, ३० फोटोमा हेर्नुस्

शुक्रबार बिहान ११ः३० बजेदेखि जोर बिजोर प्रणाली हटाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। यसअघि गृह मन्त्रालयको निर्देशनमा उपत्यकामा मंसिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागू भएको थियो।

एसिया प्यासफिक समिटमा विभिन्न देशबाट विशिष्ठ व्यक्तिको प्रतिनिधित्व रहने भएकाले सवारी व्यवस्थापनका लागि गृह मन्त्रालयको निर्देशन अनुसार जोर बिजोर प्रणाली लागू गरिएको थियो।

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू थिएन।  



जोर बिजोर प्रणालीबाट पछि हट्यो सरकार, ११ः३० देखि सबै सवारी चल्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट