PahiloPost

Dec 12, 2018 | २६ मंसिर २०७५


के हामी देउवाजीको धूप बालेर बस्ने? : प्रकाशमान सिंह


पहिलोपोस्ट

के हामी देउवाजीको धूप बालेर बस्ने? : प्रकाशमान सिंह

धादिङ: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रको फरक विचारलाई सम्मान गर्नुपर्ने धारणा राखेका छन्।

धादिङको गजुरीमा काँग्रेसका जिल्ला कोषाध्यक्षहरूको जिल्ला भेला उद्घाटन गर्दै नेता सिंहले पार्टीको माथिल्लो निकायमै बे मेल रहेको कोषाध्यक्षहरूको गुनासोलाई सम्बोधन गर्ने क्रममा उनले पार्टी एक ढिक्का रहेको दाबीसमेत गरे। भने, ‘पार्टी एक ढिक्का छ। नमिल्या कुरामा त आवाज उठाउनुपर्‍यो नि। के हामी शेरबहादुरजीको धूप बालेर बस्ने? पार्टी सपार्न त ठिक ढङ्गले चल्नु पर्‍यो भनेर आवाज उठाउनुपर्‍यो नि।‘

सिंहले काँग्रेसको कमजोरी सुधार्न नेकपाका नेताले केही नगर्ने उल्लेख गर्दै पार्टीभित्रका कमजोरीका बारेमा सबैले आवाज उठाउनुपर्ने आजको आवश्यकता रहेको तर्क गरे।

विधि मिच्नेलाई बढुवा गर्ने गलत अभ्यास पार्टीमा चलेको दाबी गर्दै उनले भने,’ पार्टीलाई विधिसम्मत चलाउन खोज्नेलाई नाश गर्न खोज्ने र विधि मिच्नेलाई चाहिँ अघि बढाउने प्रयास भइरहेको छ।‘

सिंहले विधान मस्यौदामा बृहत् छलफल गरेर मात्र पास गर्नुपर्ने र महासमितिबाट दुई तिहाइले पास गरेमा सबैले मान्नु पर्ने धारणा राखे। भने, ‘सरकारले एकइन्ची फुट्टी कौडी काम गरेको छैन। सबै काममा हात हालेको छ। बच्चाले सबै खेलौना रिजर्भ गरेजस्तो। खै सिन्डिकेट अन्त्य।‘


सिंहले थपे, ‘न त शान्ति सुरक्षा छ। न स्थानीय सरकारको प्रभावकारिता छ। प्रदेश सरकारको के कुरा गर्ने। नयाँ युग हैन पुरानो युग जस्तो पनि भएको छैन।‘

 



के हामी देउवाजीको धूप बालेर बस्ने? : प्रकाशमान सिंह को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट