PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५

हुने भयो 'नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव - २०७५'

हुने भयो 'नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव - २०७५'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौंका आठ ओटा नाट्य संस्थाले 'नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव - २०७५' आयोजना गर्ने भएका छन्। महोत्सव १३ फागुन देखि २० फागुनसम्म आयोजना हुने आयोजक टिमका घिमिरे युबराजले जानकारी दिए।

महोत्सवको उद्घाटनमा १० जना अग्रज नाट्यकर्मीलाई जनही १० हजार रुपैँयाले नाट्य योगदान सम्मान दिइने बताइएको छ। नाट्यकर्मी अनुप बराल, कवि गीतकार बिप्लव प्रतिक, नाट्यकर्मीहरु बिमल सुवेदी, चित्रकार अस्मिता रञ्जित र जीआईजेडबाट माईकल थोनहाउजरले यो महोत्सव आयोजना गर्न लागेका हुन्।

आठ ओटा नाट्य संस्थाबाट राजकुमार पुडासैनी, राज शाह, केदार श्रेष्ठ, पवित्रा खड्का, आकाँक्षा कार्की, बिजय बरालल छन्। महोत्सवमा नाटक सहभागिताको लागि  मंसिर१५ बाट पुष १६सम्म नाटकको आलेख र अभ्यासको भिडियो पठाईसक्नु पर्ने आयोजक पक्षले जनाएको छ। महोत्सवमा देश विदेशका ३० ओटा नाटक मञ्चन संयोजक सोमनाथ खनालले बताए। नाटक तयारीका लागि एकल कलाकार भएको नाटकलाई ५० हजार रुपैँया र बहुलकलाकार भएको नाटकलाई एक लाख रुपैँया प्रदान गरिनेछ।

महोत्सव काठमाडौंको अनामनगर स्थित मण्डला थिएटर, बत्तिसपुतली स्थित गोठाले नाटकघर (शिल्पी थिएटर), कालिकास्थान स्थित सर्वनाम थिएटर, टेकु स्थित कौशी थिएटर र कर्तिपुर स्थित थिएटर मलमा हुनेछ। पाँच नाट्य संस्था सहित कथा घर, एक्टर्स स्टुडियो र वान वल्र्ड थिएटर मिलेर महोत्सव आयोजना गर्न लागेको हो।



ट्रेन्डिङ पोस्ट