PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


‘ब्युटी विथ पर्पोज’ले पार्न सक्छ श्रृङ्खलालाई मिस वर्ल्डको टप ३० मा


पहिलोपोस्ट

‘ब्युटी विथ पर्पोज’ले पार्न सक्छ श्रृङ्खलालाई मिस वर्ल्डको टप ३० मा

मिस वर्ल्डमा सहभागी मिस नेपाल २०१८ श्रृङ्खला खतिवडाको चर्चा व्यापक भयो। उनको लागि अनलाइन भोट गर्ने र भोट माग्नेहरु सामाजिक सञ्जालमा देखिए। जुन भोट आह्वान  ‘हेड टु हेड च्यालेन्ज’को दोस्रो राउन्डमा प्रवेश गर्नका लागि थियो। श्रृङ्खला आफैले पनि भिडियो संदेशमार्फत भोट मागेकी थिइन्। उनी उक्त च्यालेन्जको दोस्रो चरणमा पुगिन् र भिडियोमार्फत नै धन्यवाद पनि दिइन्।

हेड टु हेडको दोस्रो चरणमा पुगेका २० जनाको एकअर्कासँग प्रतिस्पर्धा भएको थियो। जसमा सबैले ब्युटी विथ पर्पोजमा उनीहरुले तयार गरेको भिडियोबारे बोल्न पर्ने थियो। श्रृङ्खलाको प्रतिस्पर्धा थियो मिस सिङ्गापुरसँग। उक्त प्रतिस्पर्धामा जज प्यानलमा रहेका तीनजनाले नै सिङ्गापुरकी सुन्दरीको पक्षमा निर्णय लिए।

हेड टु हेडबाट बाहिरिएसँगै श्रृङ्खलाले भिडियोमार्फत माया तथा भोट गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरिन्। भनेकी छिन्,’नेपालका लागि हेड टु हेड च्यालेन्ज जितेर टप ३० मा पुग्न पाउँ भन्ने थियो। तर, नआत्तिनुहोला अझै पनि ३० वटामध्ये १७ वटा ठाउँ खाली नै छन्। त्यसैले यो अन्त्य होइन।‘

मिस सिङ्गापुरसँगै हेड टु हेड च्यालेन्जमा जितेका इन्डिया, फ्रान्स, नाइजेरिया, मलेसिया, चिली, मेक्सिको, युगान्डा, थाइल्यान्ड, बंगलादेशका सुन्दरीहरु मिस वर्ल्डको टप ३० मा पुगेका छन्। उक्त नतिजासँगै मिस नेपालको टप ३० मा पर्ने मौका गुमेको भने छैन। ‘ब्युटी विथ पर्पोज’ शीर्षकको प्रतिस्पर्धा जित्न सके उनी उत्कृष्ट ३० सुन्दरीको सूचीमा पर्न सक्छिन्। त्यसैगरी जजहरुको छनौटमा पर्न सके पनि उनी उत्कृष्ट ३० मा पर्ने सम्भावना कायमै छ। 

टप ३० बाट टप १२ हुँदै टप ५ सुन्दरी छानिनेछन्। तीमध्ये एकजनाले मिस वर्ल्ड, एक जनाले फर्स्ट रनर्स अप र एकजनाले सेकेन्ड रनर्स अपको उपाधि जित्नेछन्। डिसेम्बर ८ मा हुने फिनालेमा मिस वर्ल्ड २०१७ मानुषी चिल्लरले विजेतालाई ताज पहिराउने छिन्।



‘ब्युटी विथ पर्पोज’ले पार्न सक्छ श्रृङ्खलालाई मिस वर्ल्डको टप ३० मा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट