
काठमाडौँ : आउने शनिवारदेखि कीर्तिपुरस्थीत टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल)-२०१८ मा जिम्बावेका अलराउण्डर सिकन्दर राजा नआउने भएका छन्।
इपीएलको फ्रेन्चाइज मध्ये एक काठमाडौँ किंग्सले राजालाई धेरै अघि अनुबन्ध गरेको थियो। तर प्रतियोगिता सुरु हुनु एक साता भन्दा कम समय बाँकी रहेको बेला राजाले ट्वीटरमार्फत आफू इपीएलका लागि आउने नसक्ने जानकारी दिएका हुन्। किंग्स ११ ले राजाको रिप्लेसमेन्ट घोषणा गर्न बाँकी छ।
Gutted to announce that I will not be part of @eplt20official for this season .
— Sikandar Raza (@SRazaB24) December 3, 2018
I wish the tournament and my team @kathmandukingsxi very best of luck and hope to be part of it next year.
My Sincere Apologies to all my well wishers in Nepal.
यस्तै साविक विजेता विराटनगर वारियर्सले ल्याउने भनिएको हङकङका अंशुमन रथ पनि नआउने भएका छन्। चोटका कारण उनले एसीसी इमर्जिङ टिम कप पनि गुमाउने र इपीएल पनि नखेल्ने भएका हुन्।
ढिलो गरी विदेशी खेलाडीको नाम सार्वजनिक गरेको विराटनगरले गत सिजन खेलेका हङकङका बाबर हायतलाई निनन्तरता दिँदै नेदरल्याण्ड्सका दुई खेलाडी र भारतका एकसहित चार विदेशी खेलाडी एकै पटक घोषणा गरेको छ। यस्तै मुख्य प्रशिक्षकमा भारतका उमेश पटललाई भित्र्याएको छ। पटल नेपालको राष्ट्रिय टिमको ब्याटिङ कन्सलट्यान्टको भूमिका निर्वाह गरिसकेका छन्।
पारस खड्का कप्तान रहेको विराटनगरले हायतसँगै डच खेलाडीद्वय भान डेर मर्वे र पउल भान मिकेरेन तथा भारतका स्मिथ पटेललाई अनुबन्ध गरेको हो।
यससँगै अब इपीएल खेल्ने सबै ६ टोलीले विदेशी खेलाडीको कोटा पुरा गरिसकेका छन्। काठमाडौँ किंग्स ११ ले राजाको ठाउँमा एक विदेशी खेलाडी राख्नैपर्नेछ।
अहिलेसम्म पोखरा राइनोज र विराटनगर वारियर्सले ४-४ विदेशी खेलाडी अनुबन्ध गरेको छ। इपीएलको आयोजकले गत वर्षदेखि एउटा फ्रेन्चाइजले तीन विदेशी खेलाडी अनिवार्य राख्नैपर्ने नियम लागु गरेको थियो।
यस पटक ४ विदेशी खेलाडी राखेपनि एक खेलमा ४ विदेशी खेलाडी मात्रै खेल्न पाउनेछन्।
गत सिजन भन्दा यस सिजन नेपाल आउने विदेशी खेलाडी उच्च स्तरका छन्। यस पटक टेष्ट खेल्ने देशका खेलाडीसहित एसोसियट देशका समेत उत्कृष्ट खेलाडी नेपाल आउँदैछन्।
एक टेष्ट सहित १२७ वानडे इन्टरशेनल र ६७ टी-२० इन्टरनेशनल खेलेका आयरल्याण्डका केभिन ओ'ब्रायन, एक टेष्ट, १०० वानडे इन्टरनेशनल र ५२ टी-२० इन्टरनेशनल खेलेका आयरल्याण्डकै पउल स्ट्रलिङ, १३ वानडे इन्टरनेशनल र २५ टी-२० इन्टनरेनशनल खेलेका नेदरल्याण्ड्सका रोलोफ भान डेर मर्वे, टी-२० इन्टरनेशनलमा कुनै समयमा सबैभन्दा छिटो शतक हान्ने दक्षिण अफ्रिकाका रिचर्ड लेभी, एसोसिएट देशकै उत्कृष्ट अलराउण्डर नेदरल्याण्ड्सका राएन टेन डेसचाटे यस सिजन इपीएल खेल्ने ठूला खेलाडी हुन्।
यस्तै स्कटल्याण्डका कप्तान केल कोत्जर, युएईका कप्तान रोहन मुस्ताफा र मोहम्मद नाभिद अनी हङकङका बाबर हायत समेत इपीएल खेल्दैछन्। यसैगरी छिमेकी भारतबाट सन्नी पटेल, जयकिसन कोल्सावाल, रवीइन्द्र सिंह, गौरव तोमर, स्मिथ पटेल जस्ता खेलाडी आउनेछन्।
यस बाहेक इंग्ल्याण्डबाट काउन्टी क्रिकेट खेलिसकेका खेलाडीहरु पनि आउँदैछन्।
गत वर्ष जस्तै यस पटक पनि काठमाडौँ किंग्स ११, ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स र चितवन टाइगर्सले खेल्दैछन्।
यस्ता छन् यस सिजन इपीएल खेल्ने विदेशी खेलाडीहरु
ललितपुर प्याट्रिओट्स
जय किसन कोल्सावाला, सन्नी पटेल, गौरव तोमर
काठमाडौँ किंग्स ११
केभिन ओ'ब्रायन, रोहन मुस्ताफा
पोखरा राइनोज
केल कोत्जर,पउल कग्घिलन, रिचर्ड लेभी, भिमसारिया
प्रशिक्षक नाथन डोड (अष्ट्रेलिया)
भैरहवा ग्लाडिएटर्स
रायन टेन डेसचाटे, मोहम्मद नानभिद, रवीइन्दर सिंह
चितवन टाइगर्स
पउल स्ट्रलिङ, जोन सिम्पसन, जर्ज स्कट
विराटनगर वारियर्स
बाबर हायत, रुलोफ भान डेर मर्वे, पउल भान मिकेरेन, स्मिथ पटेल
प्रशिक्षक : उमेश पटवाल (भारत)