PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


प्रहरीको गम्भीर त्रुटिले निर्मला प्रकरणका दोषी उम्किए: परराष्ट्रमन्त्री ज्ञवाली 


पूर्णबहादुर खड्का

प्रहरीको गम्भीर त्रुटिले निर्मला प्रकरणका दोषी उम्किए: परराष्ट्रमन्त्री ज्ञवाली 

सुर्खेतः पछिल्लो समय सडकदेखि सदनसम्म निर्मला पन्तको हत्या प्रकरणको चर्चा छ। लामो समय वितिसक्दा पनि आरोपी पत्ता लगाउन नसकेको भन्दै पटक पटक प्रहरी संगठन आलोचनाको शिकार बनेको छ। 

यसैविच निर्मला हत्या प्रकरणका विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि प्रहरीको गम्भीर त्रुटि भएको बताएका छन्। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा सहभागी हुन मंगलवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन्।
 
‘निर्मला हत्या प्रकरणमा प्रहरीबाटै गम्भीर त्रुटि भएको देखिएको छ।’ उनले भने,‘घटनालगत्तै प्रहरीले प्रमाण जुटाउनुको सट्टा लापरवाही तरिकाले अनुसन्धान गरेर अपराधीलाई उम्काएको देखियो।’
 
अझै पनि सरकार नडग्मगाएर अनुसनधान गरिरहेको उनले दाबी गरे। सरकारले ढिलो चाँडो जसरी भएपनि अपराधि पत्ता लगाएर कारवाहीको दायरामा ल्याउने मन्त्री ज्ञवालीको तर्क थियो।
 
‘सरकारले घटनाको अनुसन्धान गरिरहेको छ,’ उनले भने,‘ढिलो चाँडो अपराधि पत्ता लगाएर कारवाहीको दायरामा ल्याएर छोड्छौँ।’

मन्त्री ज्ञवालीले वास्तविक दोषी जहाँ गएपनि सुख नपाउने भन्दै सरकारले कानुनी कटघरामा उभाएरै छोड्ने दाबी गरे। निर्मला हत्या प्रकरणमा भिआईपीको कनेक्सनबारे पुष्टि नभएको दाबी गर्दै उनले भ्रमित नपार्न आग्रहसमेत गरे।  यदि घटनामा भिआईपीकै कनेक्सन भए कारवाहीको भागेदार हुनुपर्ने उनको भनाई थियो। 

त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले पछिल्लो समय भइरहेका घटनाहरुमा गम्भिर बनेको बताईन्। समाजमा हुने सवै खाले हिंसा अन्त्यका लागि तिन वटै तहका सरकार प्रतिवद्ध रहेको बताईन्।  सरकारले गर्ने हरेक गतिविधिमा संघीय, प्रदेश र स्थानीय सरकार सहकार्य र समन्वय गरेर अघि बढ्ने बताईन्। 



प्रहरीको गम्भीर त्रुटिले निर्मला प्रकरणका दोषी उम्किए: परराष्ट्रमन्त्री ज्ञवाली  को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट