PahiloPost

Dec 12, 2018 | २६ मंसिर २०७५


ए डिभिजन लिग : अन्जनको पेनाल्टी गोलमा मनाङ विजयी, शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउन सफल


पहिलोपोस्ट

ए डिभिजन लिग : अन्जनको पेनाल्टी गोलमा मनाङ विजयी, शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउन सफल
अन्जन विष्ट, फाइल फोटो

काठमाडौँ : अन्जन विष्टले दोस्रो हाफमा गरेको पेनाल्टी गोलको मद्दतमा मनाङ मर्स्याङ्दीले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा बुधवार जावलाखेल युथ क्लबलाई पराजित गरेको छ।

मनाङ यस सिजन लिगमा शतप्रतिशत नतिजा निकाल्ने एक मात्र टिम हो। एन्फा कम्पलेक्समा मनाङले ललितपुरको क्लब जावलाखेललाई १-० ले हरायो।

जावलाखेलका खेलाडीले अफिज ओलवालेलाई फल गरेपछि मनाङले ६२औँ मिनेटमा पेनाल्टी पायो। त्यसमा अन्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाए। त्यही गोल निर्णाक हुँदा मनाङले ३ अंक जोडेको हो।

जावालखेल विरुद्ध गोल गरेपछि अन्जन जारी लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अगाडी छन्। उनले ६ खेलबाट ५ गोल गरेका छन्।

जितपछि ६ खेलबाट १८ अंक जोडेको मनाङले दोस्रो स्थानको संकटा क्लबसँग ३अंकको स्पष्ट अग्रता बनाएको छ भने उपाधि दाबेदारी बलियो समेत बनाएको छ।

जावलाखेल भने ६ खेलबाट ४ अंकसहित ११औँ स्थानमा यथावत छ।

लिग अन्तर्गत आज हिमालयन शेर्पा र च्यासल युथ क्लब तथा थ्री स्टार र सरस्वती युथ क्लबबीच खेल हुनेछ।



ए डिभिजन लिग : अन्जनको पेनाल्टी गोलमा मनाङ विजयी, शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउन सफल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट