PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


बारेकोट गाउँपालिकाका सबै वडामा हेलिप्याड 


बारेकोट गाउँपालिकाका सबै वडामा हेलिप्याड 
जाजरकोट बारेकोट गाउँपालिकाको सेपुखोलामा रहेको हेलिप्याड।

जाजरकोट: सडक सञ्जालसँग नजोडिएको बारेकोट गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ। गाउँपालिकाको सबै वडामा हेलिप्याड निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए। 

समय, समयमा हुनेगरेका प्रकोप तथा जोखिमको समयमा सहज रुपले सेवाप्रवाह गर्नका लागि गाउँपालिकाले रु १८ लाख खर्च गरेर हेलिप्याड निर्माण गरेको शाहको भनाइ छ। गाउँपालिकाको नौ वडामा हेलिप्याड निर्माण भइसकेकाले चाहेको समयमा हवाई मार्गबाट सेवा दिन सकिने भएको छ। 

जुम्लाको सिमानासँग जोडिएको यो बारेकोट गाउँपालिका जिल्लाको अत्यन्तै दुर्गम क्षेत्रमा रहेको छ। झाडापखाला, भाइरल ज्वरो, मौसमी फ्लु जस्ता रोग यही बारेकोट गाउँपालिकाबाट शुरु भएको थियो। अत्यन्तै चिसो र पाटन क्षेत्रबाट नजिक रहेको यो गाउँपालिका अन्य स्थानीय तह भन्दा फरक रहेको छ। 

औषधि, खाद्यान्न, अन्य दैनिक उपभोग्य सामग्री पठाउन यहाँका स्थानीय खच्चड, घोडा र स्थानीयवासी आफैले बोक्नुपर्ने अवस्था छ। टेलिफोनको राम्रो पहुँच भएको बारेकोट गाउँपालिकामा सहज रुपमा सेवा प्रवाह गर्नसमेत मुस्किल परेको गाउँपालिकाका अध्यक्ष शाहले बताए।
 
विभिन्न खालका समस्या हवाईमार्गबाट सहज रुपमाहल गर्नका लागि प्रत्येक वडामा हेलिप्याड निर्माण गरिएको शाहको भनाइ छ। यो भन्दा अगाडि विभिन्न समयमा रोग फैलिँदा औषधि आपूर्ति गर्नका लागि लिइएको हेलिकप्टर बस्ने ठाउँ नहुँदा समस्या भएको थियो। सडक सञ्जालसँग नजोडिएको यो गाउँपालिकामा जान र आउन मात्र सदरमुकामबाट दुई दिन भन्दा बढी लाग्ने गर्दछ। 

बिरामीलाई उपचारका लागि सदरमुकाममा ल्याउन वा देशका अन्य ठाउँमा लिनका लागि धेरै दिन लाग्ने भएकाले हवाई मार्ग प्रयोग गरी छिटो उपचारका लागि सहज हुने गाउँपालिकाले अपेक्षा लिएको छ। 

वर्षेनी खाद्यान्न अभाव हुने यो क्षेत्रमा खाद्यान्न आपूर्तिका लागि पनि हवाई मार्गबाट सहज हुने गाउँपालिकाले बताएको छ। रासस
 



बारेकोट गाउँपालिकाका सबै वडामा हेलिप्याड  को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट