PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


चार जना चढेको मोटरसाइकललाई बसले दियो ठक्करः एकको मृत्यु, तीन जना घाइते


पहिलोपोस्ट

चार जना चढेको मोटरसाइकललाई बसले दियो ठक्करः एकको मृत्यु, तीन जना घाइते

गौशाला महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ मलिवारामा गए राति नेपाल–भारत बस सेवा लेखिएको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार एक जनाको मृत्यु हुनाका साथै अन्य तीनजना घाइते भएका छन्।

उक्त घटनामा बारा जिल्लाको देवताल गाउँपालिका–३ बस्ने २५ वर्षीय राजकुमार साहको मृत्यु भएको र भारत बिहारको सीतामढी जिल्लाको सुतिहारा बस्ने १८ वर्षीय सोनुकुमार ठाकुर, १६ वर्षीया चुनचुनदेवी ठाकुर र ३० वर्षीय मेघनाथ ठाकुर गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

देब्रे हात भाँचिएको आँखा र टाउको चोट लागेका सोनुकुमार र देब्रे आँखा र हातमा चोट लागेकी चुनचुनदेवीको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ भने अनुहार तथा आँखामा गहिरो चोट लागेर घाइते भएका मेघनाथ ठाकुरलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी उपरीक्षक कार्कीले बताए।

धनुषाको जनकपुरबाट भारत बिहारको राजधानी पटनसम्म चल्ने बीआर ०६ पीसी ९२५१ नंको बसले गएराति १० बजे जलेश्वर नगरपालिका–३ मलिवारामा विपरीत दिशाबाट चार जना चढेर आएको ज ६ प १६५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। रासस



चार जना चढेको मोटरसाइकललाई बसले दियो ठक्करः एकको मृत्यु, तीन जना घाइते को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट