PahiloPost

Aug 24, 2019 | ७ भदौ २०७६


इरानको प्रहरी चौकीमा आत्मघाती बम बिस्फोट :तीन जनाको मृत्यु


इरानको प्रहरी चौकीमा आत्मघाती बम बिस्फोट :तीन जनाको मृत्यु
फोटो : REUTERS

तेहरान : इरानको सिस्तान-बलुचिस्तान प्रान्तको चाबाहार शहरमा रहेको प्रहरी चौकीमा आत्मघाती बम आक्रमण भएको छ। प्रहरी चौकीलार्इ लक्षित गर्दै गाडीमा राखिएको बम विस्फोट भएको प्रहरीले जनाएको छ।

पाकिस्तानी बलुची पृथकतावादी र जिहादी समूहको आश्रयस्थल रहेको उक्त क्षेत्रमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको जनाइएको छ। आक्रमणमा १९ जना घाइते भएको जनाइएको छ। 

यी समूहबीच इरान-पाकिस्तान सीमामा बेलाबखत हिंसात्मक आक्रमण हुने गरेको छ।

बिहिवार भएको बम आक्रमणको जिम्मेवारी हालसम्म कुनै समूहले लिएको छैन। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

सन् २०१० मा सो क्षेत्रमा रहेको मस्जिदमा गरिएको आक्रमणमा ४१ जनाको मृत्यु भएको थियो भने सयभन्दा बढी घाइते भएका थिए। 



इरानको प्रहरी चौकीमा आत्मघाती बम बिस्फोट :तीन जनाको मृत्यु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट