काठमाडौं: काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा चिसो बढेको छ। मौसम पूर्वनुमान शाखाले देशका विभिन्न ठाउँमा चिसो बढेको र केही ठाउँमा वर्षसमेत हुने जनाएको छ। यसैगरी केही उच्च ठाउँमा हिमपातसमेत शाखाले जनाएको छ।
मौसम पूर्वानुमान शाखाका अनुसार तीन दिनको मौसम यस्तो रहनेछ:
मंसिर २० गते (बिहिबार)
दिउँसो: देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही उच्च हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपात र पश्चिमी र मध्य पहाडि भेगका १-२ स्थानमा हल्का वर्षा हुने संभावना छ।
राति: देशका पश्चिमी पहाडी भू-भागमा आंशिकदेखि सामान्य र मध्य र पुर्वका भु-भागमा आंशिक बदली रही अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ| पश्चिमका उच्च पहाडी भेगका केही स्थानहरुमा हल्का हिमपात र पश्चिमी पहाडी भेगका १-२ स्थानमा हल्का वर्षा हुने संभावना छ।
मंसिर २१ गते (शुक्रबार)
दिउँसो: देशका पूर्वि पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ। पूर्वी उच्च हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपात र पहाडी भेगका १-२ स्थानमा ह्ल्का बर्षा हुने संभावना छ।
राति: देशका पूर्वि पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ। पूर्वका उच्च हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपात हुने संभावना छ।
मंसिर २२ गते (शनिबार)
दिउँसो: देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरुमा आंशिक बदलि रहने छ। उच्च हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपात हुने संभावना छ।
राति: देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ | उच्च पहाडी भेगका केही स्थानहरुमा हल्का हिमपात र पुर्व र पश्चिमी पहाडी भेगका १-२ स्थानमा हल्का वर्षा हुने संभावना छ।