PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


भ्रष्टाचार मुद्दामा पूर्व आइजी बोहराले पाए सफाई


भ्रष्टाचार मुद्दामा पूर्व आइजी बोहराले पाए सफाई

काठमाडौँ: भष्टाचारको आरोप लागेका नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक मोतीलाल बोहराले सफाइ पाएका छन्। बिहीबार सर्वोच्च अदालतले बोहोरालाई सफाइ दिएको हो। न्यायाधीद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बोहरा, पत्नी कला र छोरी ज्योत्सनालाई सफाइ दिएको हो।

विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्चले उनलाई सफाइ दिएको हो। विशेषले बोहोरालाई ०६९ चैतमा डेढ वर्ष कैद र २६ लाख ८३ हजार ४८५ रुपैयाँ जरिवानाको फैसला गरेको थियो। अदालतले जरिवाना बराबरको बिगो असुल्न पनि आदेश गरेको थियो। 

सर्वोच्चले भने विशेषको फैसला त्रृटिपूर्ण रहेको भन्दै सफाइ दिएको हो। 



भ्रष्टाचार मुद्दामा पूर्व आइजी बोहराले पाए सफाई को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट