PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

महाधिवेशनबारे छलफल गर्न फोरमले डाक्यो केन्द्रीय समिति



महाधिवेशनबारे छलफल गर्न फोरमले डाक्यो केन्द्रीय समिति

काठमाडौं: संघीय समाजवादी फोरम नेपालले पार्टीको महाधिवेशनबारे निर्णय गर्न मंसिर २२ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ।

सत्तारुढ दल फोरमको आज बसेको राजनीतिक समितिको बैठकले केन्द्रीय समितिको बैठकमा महाधिवेशनबारे छलफल गर्ने निर्णय गरेको छ।

समितिको बैठकले केन्द्रीय महाधिवेशन २०७६ वैशाखको २८, २९ र ३० गते  गर्ने प्रस्ताव गरेको महासचिव रामसहाय प्रसाद यादवले बताए। उनका अनुसार आजको बैठकमा पार्टी महाधिवेशन र निर्देशिकाका विषयमा पनि छलफल भएको छ।

केन्द्रीय समिति बैठकमा पार्टी महाधिवेशनका साथै सरकारमा पार्टीको समीक्षा, संविधान संशोधनको माग, प्रदेश कमिटीहरू गठन, सदस्यता नवीकरणलगायतका एजेण्डामाथि छलफल हुने महासचिव यादवले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell