PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


हुवाएकी अधिकारी पक्राउ पर्नुमा क्यानडा सरकारको भूमिका छैन :प्रधानमन्त्री जस्टिन ट्रुडिउ


 हुवाएकी अधिकारी पक्राउ पर्नुमा क्यानडा सरकारको भूमिका छैन :प्रधानमन्त्री जस्टिन ट्रुडिउ
फोटो : REUTERS

ओट्टवा : क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडिउले हुवाएकी वित्तिय प्रमुख पक्राउ पर्नुमा सरकारको कुनै भूमिका नभएको बताएका छन्। उनले यस विषयसँग क्यानडाको राजनीतिसँग कुनै सम्बन्ध नरहेको बताएका छन्।

विश्वभर आफ्नो सञ्जाल विस्तार गरिरहेको चीनको विशाल दूरसञ्चार कम्पनी हुवाएका संस्थापककी छोरी मेङ वान्झाउलाई अमेरिकाको आग्रहमा क्यानडामा पक्राउ गरिएको थियो। 

इरानमाथि अमेरिकी नाकाबन्दीको हुवाएले अवज्ञा गरेको आरोपमा अमेरिकी अधिकारीहरुले अनुसन्धान गरिरहेको छ। त्यहीकारणले उनलार्इ पक्राउ गरिएको बताइएको छ।

वान्झाउलाई अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानाडाका अधिकारीहरुले बताएका छन्। आज क्यानडाको अदालतमा वान्झाउलार्इ पेश गरिने बताइएको छ। उनलार्इ अदालतबाट धरौटीमा रिहा गर्न अपिल गरिने हुवाएले जनाएको छ। 

अमेरिकी गुप्तचर अधिकारीहरुले हुवाएका गतिविधिमाथि निगरानी गरिरहेको र उक्त कम्पनी राष्ट्रिय सुरक्षाका दृष्टिले खतरापूर्ण रहेको बताउँदै आएका छन्। 

चीनले भने वान्झाउलाई पक्राउ गरेको विषयमा आपत्ति जनाएको छ। यसबाट अमेरिका र चीनबीच विवाद झन बढ्न सक्ने अनुमान गरिएको छ। 

केही दिन अघि मात्रै अर्जेन्टिनामा भएको जी २० सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच एकअर्काका सामाग्रीमा लगाएको कर ९० दिनका लागि हटाउने सहमति भएको थियो। तर दुर्इ देशबीच सहमतिका बारे आरोप प्रत्यारोप हुँदै गर्दा चिनियाँ कम्पनीकी वरिष्ठ अधिकारीलार्इ पक्राउ गरिएको हो। 

तर हुवाएले भने आफ्नो कम्पनीले अमेरिका र क्यानडाको कानुन पालना गरेको र वान्झाउले कुनै गल्ती नगरेको बताएको छ। 



हुवाएकी अधिकारी पक्राउ पर्नुमा क्यानडा सरकारको भूमिका छैन :प्रधानमन्त्री जस्टिन ट्रुडिउ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट