PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सुकेधाराको सुधार गृहबाट २१ जनाको उद्धार, सञ्चालक पक्राउ



सुकेधाराको सुधार गृहबाट २१ जनाको उद्धार, सञ्चालक पक्राउ

काठमाडौं: प्रहरीले काठमाडौंको सुकेधारामा रहेको एक सुधार गृहबाट २१ जना युवालाई उद्धार गरेको छ। रुपेन्देहीका सन्तोष घिमिरेले सञ्चालन गरेको ट्रान्सफरमेसन नेपाल नामक सुधार गृहमा अमानवीय व्यवहार तथा यातना दिने र परिवारलाई समेत भेट्न नदिएको उजुरी प्रहरीमा परेको थियो।

प्रहरीले स्थानीय प्रतिनिधिको रोहबरमा गृहमा छापा मार्दा कानुन बमोजिम सञ्चालन नभएको पाइएकोले गृहमा रहेका सबैको उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। गृहमा रहेकालाई यातना दिएको आरोपमा गृहका सञ्चालक घिमिरे र कर्मचारी समित मल्ललाई पक्राउ गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell