PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


नौं महिनामा सरकारले ‘धेरै ठूलो’ र ‘ऐतिहासिक महत्व’को काम गरिसकेको छ : प्रचण्ड


नौं महिनामा सरकारले ‘धेरै ठूलो’ र ‘ऐतिहासिक महत्व’को काम गरिसकेको छ : प्रचण्ड

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको बचाऊ गरेका छन्।

जनअपेक्षाअनुसार काम नभएको भन्दै सरकारको आलोचना भईरहँदा अध्यक्ष दाहालले नौं महिने कार्यकालमा ‘धेरै ठूलो’ र ‘ऐतिहासिक महत्व’को कार्य सम्पादन गरेको भन्दै सरकारको बचाऊ गरेका हुन्। प्रचण्डले अब सरकार जनताको चासो र चिन्तालाई सम्बोधन गर्नेतर्फ केन्द्रित रहेको दावीसमेत गरे।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भारतसँगको डुबान समस्या समाधान गर्नु, चीनसँग पारवहन सम्झौंता गर्नु, रेल सेवा संचालनका लागि दुवै मुलुकसँग समझदारी गरेर अघि बढ्नु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै त्यतापट्टि ध्यान दिन पनि उहाँले सरकारको आलोचकहरुलाई आग्रह गरे। अध्यक्ष दाहालले चुनावमा गरिएको प्रतिवद्धता चार वर्ष भित्र पूरा गर्ने संकल्प पनि कायमै रहेको स्पष्ट पारे।

सरकारले धेरै ठूलो काम गरिरहे पनि त्यतातिर ध्यान पुग्न नसकेको अध्यक्ष दाहालको भनाई छ।

अध्यक्ष दाहालले शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था संविधानमै ग्यारेन्टी गरेकाले अव त्यो समस्या हल हुँदै जाने विश्वास पनि व्यक्त गरे। उनले संविधानले शिक्षा, स्वास्थ्य र रोजगारी पाउने नागरिकको हकलाई सुनिश्चित गरेको उल्लेख गर्दै ती अधिकार प्राप्त नभए न्यायको खोजीमा अदालत जाने पाउने व्यवस्था ऐनमै गरिएको पनि स्मरण गराए।

अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउन वैज्ञानिक खोज तथा अनुसन्धानको क्षेत्रमा विशेष चासो राख्ने विषयमा पनि राजनीतिक नेतृत्वमा समस्या नरहेको पनि बताए।



नौं महिनामा सरकारले ‘धेरै ठूलो’ र ‘ऐतिहासिक महत्व’को काम गरिसकेको छ : प्रचण्ड को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट