PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जानकारी नदिइ श्रीमती माइत पठाएको भन्दै छोराले गरे बुबा र ठुलो बुबाको हत्या, आमा घाइते



एम बम

जानकारी नदिइ श्रीमती माइत पठाएको भन्दै छोराले गरे बुबा र ठुलो बुबाको हत्या, आमा घाइते

कैलाली: कैलालीको लम्की-चुहा नगरपालिका ४ बलिया गाँउमा छोराले आफ्नो बुबा र ठुला बुबाको हत्या गरेका छन्। बलिया गाँउका जहरीलाल चौधरीले बुवा चक्र थारु र ठुला बुवा पल्टु थारुको हत्या गरेको ईलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ।

चौधरीलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ। उनको आक्रमणबाट घाइते आमा दिलवहादी देवी चौधरीको टाउको र बाँया कानमा चोट लागेको छ। उनको लालरत्न अस्पताल लम्कीमा उपचार भईरहेको प्रहरीले जनाएको छ। 

जानकारी नगराई श्रीमतीलाई किन माईत पठाएको? भन्दै काठको खन्तीले बुवा, ठुला बुवा र आमालाई ढोका थुनेर हानेको जहरीलाल चौधरीले बयान दिएको ईलाका प्रहरी लम्कीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell