PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


नेपालमा अन्तर्राष्ट्रिय स्तरको बडिबिल्डिङ हुने, विश्वका २० देशका खेलाडी आउने


पहिलोपोस्ट

नेपालमा अन्तर्राष्ट्रिय स्तरको बडिबिल्डिङ हुने, विश्वका २० देशका खेलाडी आउने

काठमाडौँ : आइएफबीबी प्रोफेसनल लिग नेपालले अर्को वर्ष सन् २०१९ को फेब्रुअरीमा नेपालमा अहिलेसम्मकै ठूलो बडिबिल्डिङ च्याम्पियनसिप आयोजना गर्ने भएको छ।

आइएफबीबी प्रोफेसनल लिग को नेपाल च्याप्टरको रुपमा रहेको आइबीएफएफ लिग नेपालले 'आइएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप २०१९ (प्रो क्वालिफायर)' आयोजना गर्न लागेको शुक्रवार जानकारी दिएको हो।

नेपालको चर्चित र प्रतिष्ठित बडिबिल्डिङ च्याम्पियनसिप धर्मश्रीको उपाधि समेत जितिसकेका सानु गुरुङ नेपाल च्याप्टरको अध्यक्ष छन्।

गुरुङले नेपाली बडिबिल्डराई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन यस च्याम्पियनसिपको आयोजना गर्न लागेको बताए।

नेपालमा पहिलो पटक हुन लागेको यस च्याम्पियनसिपमा विश्वका २० भन्दा बढी देशका करिब २ सय खेलाडीले भाग लिने गुरुङले जानकारी दिए। च्याम्पियनसिपका लागि एक करोड ६८ लाख रुपैयाँ अनुमानित बजेट रहेको समेत उनले जानकारी दिए। विदेशबाट बउने खेलाडीको लागि २ सय अमेरिकी डलर इन्ट्री फि रहेको र नेपाली खेलाडीको लागि भने यो भन्दा कम राख्ने उनले बताए।

विश्व बडिबिल्डिङको विश्वकप मानिने मिस्टर ओलम्पिया आयोजना गर्ने आइएफबीबी प्रोफेसनल लिगको नेपाल च्याप्टर बनेसँगै अब नेपाली खेलाडीले बडिबिल्डिङको प्रो कार्ड पाउने ढोका खुलेको गुरुङले बताए। प्रो कार्ड हुने खेलाडीले मिस्टर ओलम्पियामा प्रतिस्पर्धा गर्न पाउने नियम छ।

नेपालमा हुने च्याम्पियनसिपका लागि नेपालले चार वटा प्रो कार्ड लिइसकेको यो प्रो कार्ड जितेर नै विश्वभरका खेलाडी ओलम्पियामा भाग लिन प्रयास गर्नेछन्।

नेपालले मेनस बडिबिल्डिङ, मेन्स फिजिक्स, क्लासिक पिजिक्स र वुमन्स फिटनेसतर्फको प्रो कार्ड लिइसकेको गुरुङले जानकारी दिए।

विश्व बडिबिल्डिङमा हस्ती मानिने हलिउडफिल्मका स्टार तथा अमेरिकाको क्यालिफोर्निया राज्यमा पूर्व गभर्नर समेत रहेका आर्नोल्ड स्वाजनेगर समेत आइएफबीबी प्रोफेसनल लिगमा आवद्ध छन्।

उक्त संस्थाले नेपालको लागि चार वटा प्रो कार्ड दिनु ठूलो विषय रहेको सानु गुरुङले बताए। 'नेपाली खेलाडीले अहिलेसम्म दक्षिण एसिया एसिया र विश्वकपमा पदक जितिसकेका छन्। तर प्रो कार्ड बारे कसैलाई थाहा थिएन। बडिबिल्डरको लागि प्रो कार्ड मुख्य मानिन्छ। नेपालको लागि यो महत्वपूर्ण छ र नेपाली बडिबिल्डरले पनि मेहनत गरे अगाडी बढ्न सक्छन् भन्ने सन्देश यसले दिन्छ।'

फ्रेब्रुअरीमा हुने च्याम्पियनसिप जित्न सके नेपाली खेलाडी संसारभर जान पाउने र नेपाली खेलाडीहरुको लागि यो ठूलो प्लाटफर्म रहेको गुरुङले बताए।



नेपालमा अन्तर्राष्ट्रिय स्तरको बडिबिल्डिङ हुने, विश्वका २० देशका खेलाडी आउने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट