PahiloPost

Dec 12, 2018 | २६ मंसिर २०७५


पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध २ अर्ब रुपैयाँ भ्रष्टाचार मुद्दा


पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध २ अर्ब रुपैयाँ भ्रष्टाचार मुद्दा

काठमाडौं: पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचार मुद्दा दायर गरेको छ।

राष्ट्रिय गौरवको सिक्टा सिंचार्इ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै मुख्य दुर्इ निर्माण व्यवसायीसहित २१ जना विरुद्ध मुद्दा दायर गरिएको हो।

आयोजना निर्माणको काम गरिरहेको सिटिसिर्इ-कालिका जेभी,परामर्शदाता कम्पनी इआरएमसी-आइटीसिइओ नेपाल जेभी र निर्माणस्थलका टिम लिडरको मिलेमतोमा जानीजानी ठेक्का सम्झौतामा उल्लेख गरिएअनुसार गुणस्तर परीक्षणसमेत नगरी गुणस्तरहीन काम गरिएको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो। उनीहरुमाथि २ अर्ब रुपैयाँको भ्रष्ट्राचारको मुद्दा दायर गरिएको छ।

सिचांर्इ आयोजनाको मुल नहर भत्किएको, मुल नहरको डिजाइनमा नै त्रुटि तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक कन्सल्टेण्ट निर्माण व्यवसायीले पर्याप्त सुपरिवेक्षण नगरेको पाइएको अख्तियारले जनाएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अनुसन्धानका क्रममा आयोजनाको चेनेज १७ देखि ३५ किमी चेनेजमा सिंचार्इ विभाग तथा सिक्टा आयोजनामा कार्यरत रहेका राष्ट्रसेवक कर्मचारीहरुको संलग्नतामा डिपिआर विना, गलत डिजाइन गरेर हतारमा ठेक्का सम्झौता लिर्इ भ्रष्ट्राचार गर्ने उदेश्य राखेका कारण मुद्दा दायर गरिएको हो।



पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध २ अर्ब रुपैयाँ भ्रष्टाचार मुद्दा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट