PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लुटेरा 'किङ' राजनका यस्ता छन् कर्तुत



लुटेरा 'किङ' राजनका यस्ता छन् कर्तुत

काठमाडौं:  प्रहरीले गुन्डा नाइके राजन लिम्बुलाई काठमाडौंको कालोपुलबाट पक्राउ गरेको छ। डकैतीमा संलग्न लिम्बुलाई पक्राउ गर्न लाग्दा भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको थियो। 

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी धिरजप्रताप सिंहले दोहोरो मुठभेटसमेत भएको बताए। लिम्बुसँग हतियारसमेत फेला परेको प्रहरीले जनाएको छ।

गोली लागी घाइते भएका लिम्बुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। ४६ वर्षीय लिम्बु भक्तपुरको दत्तात्रय बस्ने माधव बनेपालीलाई कर्तब्य ज्यान मुद्दामा संलग्न भई कैद भुक्तान गरेका व्यक्ति हुन्।
 
२०६२ कार्तिक २ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा डाँका गरेको भन्दै सन्तोष लिम्बु र पासाङ लामाले जाहेरी दिएका थिए। लिम्बु र थमन गुरुङसमेतका ६ जनाको समूहले हात हतियारसहित आई जाहेरवाला सन्तोष लिम्बुलाई नियन्त्रणमा लिई नगद तथा जिन्सी डाँका गरेको उजुरीमा उल्लखे छ। 

झापाको काकटभित्तामा २०७३ फागुन १५ गते  को २८ प ४४४ नं मोटरसाइकलमा आएका पूर्णबहादुर लुङगेली मगरसमेतका मानिसलाई जीवन विकास लघु विद्युत संस्थाका कर्मचारीलाई पेस्तोल देखाई घर्रामा भएको १० हजार रुपैयाँ, सोही संस्थामा कारोबार गर्न आएका वीरबहादुर प्रधानको साथमा रहेको ९० हजार रुपैयाँ लुटेको प्रहरीको दावी छ।

२०६३ असोज २१ गते गेस्ट हाउसको काउन्टरमा पसी पेस्तोल देखाई ३ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल लुटकै उजुरी महानगरीय प्रहरी परिसर काठमाडौंमा परेको देखिन्छ।
 
२०६३ भदौ २० गते परिसर काठमाडौंको को-अपरेटिभ  कार्यालयमा प्रवेश गरि पेस्तोल देखाई १ करोड १३ लाख ९ हजार रुपैयाँ बराबरको धनमाल चोरी लगेको जाहेरी परेको थियो। सुनसरी इटहरीमा सविन दाहालले सञ्चालन गरेको मनि चेन्जरबाट गत मंसिर १२ गते सविन दाहाललाई छुरा प्रहार गरी ३ लाख रुपैयाँ लुटी फरार भएको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell