PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


गणेशमान सिंह स्मृति किक बक्सिङ पुस पहिलो साता


पहिलोपोस्ट

गणेशमान सिंह स्मृति किक बक्सिङ पुस पहिलो साता

काठमाडौं : ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा दोस्रो संस्करणको गणेशमान सिंह स्मृति किक बक्सिङ प्रतियोगिता पुस पहिलो साता हुने भएको छ।

आयोजक ललितपुर जिल्ला किक बक्सिङले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस ५ देखि ७ गतेसम्म हुने जानकारी गराएको हो।

प्रतियोगितामा कराते, उसु, बक्सिङ, तेक्वान्दो, आइटिएफ, फुल कन्ट्याक्ट कराते, मुआथाई र तीन विभागीय टोली नेपाल प्रहरी, एपीएफ र त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउनेछन्। सहभागी खेल संघबाट हरेक तौल समूहमा एक खेलाडी अनिवार्य रुपमा आउनुपर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, माथि र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ। महिलातर्फ ५० केजी, ५५ केजी, ६० केजी माथि र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ। सबै तौल समूहमा गरी करिव २ सय खेलाडीको सहभागिता रहने संघका अध्यक्ष विनोद महर्जनले जानकारी दिए।

प्रतियोगिताको विभिन्न तौल समूहको विजेताले समान २० हजार पाउनेछन् भने दोस्रो हुनेले १० तथा तेस्रो हुनेले ५ हजार प्राप्त गर्नेछन्। यस्तै उत्कृष्ट महिला र पुरुष खेलाडीले समान १५ हजार पाउने आयोजकले जनाएको छ।

यस्तै सबैभन्दा बढी स्वर्णपदक हात पार्ने टिमलाई टिम च्याम्पियन स्वरुप ५० हजार प्रदान गर्ने प्रतियोगिता संयोजक मीन कृष्ण महर्जनले जानकारी दिए। यस्तै टिममा दोस्रो हुनेले २५ हजार तथा तेस्रोले १२ हजार प्राप्त गर्नेछ। प्रतियोगिता गोदावारी नगरपालिकास्थित चापागाउ बसपार्क प्याङगाँउ चौरमा हुनेछ। तीन दिने प्रतियोगिताको लागि ३० लाख खर्च हुने आयोजकले अनुमान गरेको छ।



गणेशमान सिंह स्मृति किक बक्सिङ पुस पहिलो साता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट