PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सरकारको समीक्षा गर्दै फोरम नेपाल



सरकारको समीक्षा गर्दै फोरम नेपाल

काठमाडौं: सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समिति बैठक आजबाट सुरु भएको छ।
 
बालकुमारीस्थित पार्टी कार्यालय नजिकै सुरु भएको बैठकले पार्टीको प्रस्तावित महाधिवेशन बारे निर्णय लिने जनाइएको छ। 

पार्टीका महासचिव रामसहाय प्रसाद यादवका अनुसार केन्द्रीय समिति बैठकमा पार्टीको सरकारमा सहभागिताका विषयमासमेत समीक्षा हुनेछ।

पछिल्लो समय फोरम सरकारमा सहभागी भएपनि खासै उलपब्धि हुन नसकेको भन्दै आलोचना भइरहेको छ। प्रधामनन्त्री केपी शर्मा ओली र फोरम अध्यक्ष उपेन्द्र यादवबीचको सम्बन्ध पनि चिसिएको बुझिएको छ।

यसअघि बसेको फोरमको राजनीतिक समितिमा सरकारसँगको सम्बन्ध बारे फोरम अध्यक्ष यादवले जानकारी गराएका थिए। उक्त बैठकमा सरकारसँग भएका सहमति कार्यन्वयन गर्ने पक्षमा प्रधानमन्त्री नदेखिएको कुरा यादवले बताएका थिए।

बैशाख २८,२९ र ३० गतेका लागि प्रस्ताव गरिएको फोरमको महाधिवेशनको निर्णय केन्द्रीय समितिले टुँगो लगाउने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell