PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कक्षा १० का दर्पणले बनाए 'बग्गी कार', प्रदेश सांसद बने पहिलो यात्री



पी बी खड्का

कक्षा १० का दर्पणले बनाए 'बग्गी कार', प्रदेश सांसद बने पहिलो यात्री

सुर्खेत: वीरेन्द्रनगरस्थित विद्याज्योति सहकारी माध्यामिक विद्यालयको कक्षा १० मा अध्ययनरत दर्पण खनालले बग्गी कार बनाएका छन्।

उनले बनाएको कारमा पहिलो यात्री बने कर्णाली प्रदेशसभा सांसद अमरबहादुर थापा। थापालाई खनालले विद्यालयकै प्राङ्गण परिक्रमा गराएका थिए।

उनले यो गाडीको नाम ‘बग्गी’ राखेका छन्। सानै उमेरमा विभिन्न विज्ञान र प्रविधिमा रुचि राख्ने खनालले बिदाको समयमा कार निर्माण गरेको बताए। ‘मैले विदाको समय मोटरसाइकलको इन्जिन प्रयोगबाट बग्गी कार बनाएको हुँ,’ पश्चिम पञ्चपुरी नगरपालिका–९ विद्यापुरका दर्पणले भने, ‘अहिलेसम्म तीन लाख खर्च भइसकेको छ।’

उनले मोटरसाइकलको इन्जिनहरु, पुराना टायर, फलामका सामग्रीहरु प्रयोग गरेर निर्माण गरेका छन्। उनले कार बनाउन थप सहयोग युटुबको सहायता लिएको बताए।

भविष्यमा उनले प्यारामोटर बनाएर उडाउने योजना रहेको बताउँछन्। उनले केही समय अघि मात्रै रिमोट कन्ट्रोलर कार, अटो अनअफ लाइट, पानीको उचाइ नाप्ने यन्त्रसमेत बनाएको जानकारी दिए।


आफुले सानो छँदा घरमा विग्रेका घडी, रेडियो जस्ता मेसिनरी सामान बनाउने गरेको बताए । ‘म सानो उमेरदेखिनै बहुत रुचि राख्थेँ यस्तो टेक्नालोजीमा ।’ उनले भने,‘घरमा हुँदा मैले गाउँघरतिरका विग्रेका घडी, रेडियो, लाइट जस्ता विभिन्न सामाग्री मर्मत गर्ने गर्थे ।’ घरमा यसरी विग्रेका घडी, रेडियो जम्मा गर्दा बुवा, आमाले गाली गर्ने गरेको उनले बताए । ‘कहिले त विग्रेका सामान घरभरी हुँदा बुवा आमाले खुव गाली गर्नु हुन्थ्यो।’ उनले भने,‘घरमा गालि गर्दा समेत भनेको नमानि नमानि मैले पुराना थोत्रा सामान ल्याएर घरमै बनाउने प्रयास गर्थे।’

नगदसहित सम्मान

यसैविच खनालले कार बनाएको भन्दै विद्यालयले थप हौसला प्रदान गरेको छ। विद्यालयमा शैक्षिक गुणस्तर समेत वृद्धि भएको र अहिले विद्यालय अधिकांश बालबालिकाको रोजाइमा पर्न सफल भएको दावी गरिएको छ।

खनाललाई विद्यालय र संस्थागतरुपमा नगद ३० हजारसहित सम्मान पत्र प्रदान गरेर सम्मान गरेको छ। आफ्नै विद्यालयमा पढ्ने विद्यार्थीले यसरी गाडी बनाउनु गर्वको विषय भएको भन्दै हौसला प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम शर्माको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell