PahiloPost

Jan 18, 2019 | ४ माघ २०७५


ह्वाइट हाउसबाट बाहिरिँदै ट्रम्पका ‘चिफ अफ स्टाफ’ जेनरल जन केली


ह्वाइट हाउसबाट बाहिरिँदै ट्रम्पका ‘चिफ अफ स्टाफ’ जेनरल जन केली
फोटो : एएफपी

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना ’चिफ अफ स्टाफ’ले यो वर्षको अन्त्यसम्ममा जागिर छोड्ने बताएका छन्। 

ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले जेनरल जन केली केही दिनमा आफ्नो जिम्मेबारीबाट बाहिरिने बताए। उनले शनिबार ट्वीट गर्दै केली पदमुक्त हुन लागेको सार्वजनिक गरेका थिए। 

राष्ट्रपति ट्रम्पले केलीलाई एकदमै राम्रो मान्छेको संज्ञा दिँदै सहयोग र सहकार्यका लागि धन्यवाद दिएका छन्। 

'उनले झण्डै दुई बर्षदेखि मेरो साथमा फरक फरक भूमिकामा काम गरे। मलाई उनको काम गराई निकै मन परेको छ, ' ट्रम्पले भने। 
केलीको उत्तराधिकारी केही दिनमा घोषणा गर्ने पनि उनले बताए। गत महिना रोयटर्सले चिफ अफ स्टाफको भूमिकामा उपराष्ट्रपति माइक पेन्सका चिफ अफ स्टाफ निक ऐयर्स आउने सम्भावना रहेको जनाएको थियो। 

केलीलाई केही दिनदेखि आफ्नो पद छोड्न लगातार दबाबमा आएको विवरण सार्वजनिक भएको थियो। 

ट्रम्पले यसअघि सन् २०१७ को जुलाई अन्त्यमा राइन्स प्रिबसलाई चिफ अफ स्टाफबाट हटाएर केलीलाई उनको ठाउँमा नियुक्त गरेका थिए। 
सूचना चुहिएको भनिएका बेला सेनाभित्रको प्रशासनमा अनुशासन ल्याउने बाचा गरेकाले उनलाई जिम्मेबारी दिइएको थियो । 

उनले आफ्नो उक्त उद्देश्यमा सफल भएको दाबी गरेपनि सूचना चुहिने क्रम भने पूर्णरुपमा रोकिएको थिएन। 

अमेरिकाको राष्ट्रपतिका रुपमा ट्रम्प निर्वाचित भएपछि अहिलेसम्म राष्ट्रपति कार्यालयबाट २८ जना पदमुक्त भएका छन्। तीमध्ये अधिकांशलाई ट्रम्पले निस्कासन गरेका हुन् भने कतिपयले आफै छाडेका थिए। रासस/सिन्ह्वा/एएफपी
 



ह्वाइट हाउसबाट बाहिरिँदै ट्रम्पका ‘चिफ अफ स्टाफ’ जेनरल जन केली को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट