PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ए डिभिजन लिग : रन्जित धिमालको दुई गोलमा थ्री स्टार विजयी



पहिलोपोस्ट

ए डिभिजन लिग : रन्जित धिमालको दुई गोलमा थ्री स्टार विजयी

काठमाडौँ : ललितपुरको थ्री स्टार क्बल सहिद स्मारक ए डिभिजन लिगक अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ। आइतवार भएको खेलमा ललितपुरकै जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको थ्री स्टारले मनाङ मर्स्याङ्दीलाई गोल अन्तरमा पछि पारेको हो।

थ्री स्टारको जितपछि थ्री स्टार, मनाङ र संकटाको समान १८ अंक छ। गोलअन्तरमा थ्री स्टार पहिलो, मनाङ दोस्रो र संकटा तेस्रो स्थानमा छ। मनाङले अन्य दुई टोलीभन्दा एक खेल कम खेलेको छ। थ्री स्टार र संकटाले समान ७ खेल खेलेका छन्। मनाङले भोली मछिन्द्रसँगै खेल्दैछ र शीर्ष स्थानमा फर्कने अवसर छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा १० खेलाडीमा झरेको जावललाखेल विरुद्ध थ्री स्टारको लागि दुवै गोल रन्जित धिमालले गरे।

पहिलो हाफमा जावलाखेलले थ्री स्टारलाई गोलरहित बराबरीमा रोकेको थियो। तर दोस्रो हाफमा थ्री स्टारले दुई गोल गर्‍यो।

जावालाखेलका कुलदिप कार्कीले ५१औँ मिनेट ह्याण्ड गरेपछि थ्री स्टारले पाएको पेनाल्टीमा रन्जितले ५२औँ मिनेटमा पहिलो गोल गरे। उनै कार्कीले ६९औँ मिनेटमा थ्री स्टारका सुनिल बललाई फल गरेपछि रातो कार्ड पाएर मैदान बाहिरिँदा जावलाखेल १० खेलाडीमा अर्को। त्यसैमा प्राप्त फ्रिकिकमा धिमालले ७०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई जित दिलाए।

आइतवारै भएको अर्को खेलमा च्यासल युथ क्लबले फ्रेण्ड्सलाई ३-१ ले पराजित गर्दै सिजनको तेस्रो जित हात पारेको छ।

हलचोकस्थित एपीएफको मैदानमा भएको खेलमा च्यासलका लागि सन्त बहादुर गुरुङले दुई तथा कप्तान देवेन्द्र तामाङले एक गोल गरे। फ्रेण्ड्सका लागि विकास लामाले एक गोल फर्काए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell