PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपालका रोहित चन्दले जिते इन्डोनेसियन लिग, बने 'मोस्ट भ्यालुएबल प्लेअर'



पहिलोपोस्ट

नेपालका रोहित चन्दले जिते इन्डोनेसियन लिग, बने 'मोस्ट भ्यालुएबल प्लेअर'

काठमाडौँ : नेपाली फुटबलर रोहित चन्दले इन्डोनेसियाको उच्च श्रेणीको लिग 'गो-जेक लिग वान' को उपाधि जितेका छन्।

रोहितको टिम पर्सिजा जाकार्ताले आइतवार मित्र कुकरलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा रहेर लिग च्याम्पियन बनेको हो। पर्सिजालाई च्याम्पियन बनाउन रोहितले महत्वपूर्ण भूमिका खेलेका थिए। यस सिजन पर्सिजाले खेलेका ३४ मध्ये ३१ खेल खेलेका रोहितले ३ गोल समेत गरेका थिए। पर्सिजाले ३४ खेलबाट ६२ अंक जोड्दै लिग जितेको हो।

दोस्रो स्थानको पीएसमले अन्तिम खेल जितेपछि पर्सिजाले एक अंकले पछि पारेको हो।

उत्कृष्ट प्रदर्शन गरेकोले रोहित लिग वान को मोस्ट भ्यालुएबल प्लेअर घोषित भएका छन्। चन्दले मनोनयनमा परेका अन्य दुई खेलाडीलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन्।

रोहित साफ रिजन बाहिर लिग जित्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन्। यसअघि साफ रिजनमा नेपालका नम्वर वान गोलकिपर किरण जेम्जोङले भारतको आइ लिग र माल्दिभ्सको धिवेही प्रिमियर लिग जितेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell