PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दिल्लीमा हिन्दूवादको नारा, अयोध्यामा रामको विशाल मन्दिर स्थापना गर्नुपर्ने माग: विश्वमा आज



दिल्लीमा हिन्दूवादको नारा, अयोध्यामा रामको विशाल मन्दिर स्थापना गर्नुपर्ने माग: विश्वमा आज

रामको नाममा 

भगवान् रामको जन्मस्थल अयोध्यामा विशाल मन्दिर निर्माणको माग गर्दै आएका रामभक्त हिन्दूहरूले भारतको राजधानी नयाँ दिल्लीमा दशौँ हजारको सङ्ख्यामा प्रदर्शन गरेका छन्।

केसरी रङको पहिरनमा प्रदर्शनमा सहभागी रामभक्त हिन्दूहरूले प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिर निर्माणका लागि अनुमति नदिँदासम्म उनलाई आवतजावतमा समेत अवरोध गर्ने भनाइ प्रदर्शनका सहभागीहरूले बताए । 


भारतको अयोध्या शहरमा सन् १९९२ मा बाबरी मस्जिदलाई भत्काएर हिन्दू मन्दिर बनाइन लागेको भन्ने विवादका कारण निर्माण अलपत्र बनेको मन्दिरको निर्माण गर्न माग गर्दै प्रदर्शन भएको हो। कट्टरवादी हिन्दू समूहहरूले उक्त स्थान हिन्दूहरूका आस्थाका केन्द्र भगवान रामको भएको र त्यहाँ रामको विशाल मन्दिर स्थापना गर्नुपर्ने आवाज उठाएका थिए । 


पाकिस्तान भारत व्यापार

पाकिस्तान र भारतबीचको व्यापार कारोबार सम्भावनाभन्दा निकै तल अर्थात् दुई अर्ब अमेरिकी डलर बराबर भएको भन्दै विश्व बैंकले एक प्रतिवेदनमार्फत चिन्ता व्यक्त गरेको छ। दुई छिमेकीले मानव सिर्जित अवरोधहरूलाई हटाउने हो भने मात्रै पाकिस्तान र भारतको कारोबारमा करिब ३८ अर्ब डलर पुग्ने जुन वर्तमान् अवस्थामा झण्डै दुई अरबको हाराहारीमा हुने विश्व बैंकले बताएको छ। 



यमनी विद्रोहीको तर्क 


स्वीडेनको पहलमा यमनी सरकारसँग यमनी हुथी विद्रोहीले गरेको वार्तामा ‘प्रगति’ भएमा थप चरणको वार्ताका लागि आफुहरू तयार रहने यमनी विद्रोही समूहका प्रवक्ताले बताएका छन्। सरकारले वार्तामा विश्वासको वातावरण सिर्जना गर्न र यसका लागि आवश्यक ढाँचा तयार गर्न सरकार तयार रहेमा नयाँ चरणको वार्तामा बस्न विद्रोही हुथी समूहका तयार रहेको बताइएको छ। 


इन्डोनेसियामा बाढी

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा आएको बाढी पहिरोका कारण चार जनाको मृत्यु भएको छ। बाढी पहिरोले अरु दुईसय ३६ जनाभन्दा बढी गाउँलेहरु विस्थापित भएको अधिकारीहरुले जनाएका छन्। प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुले बाढी पहिरोका कारण कैयौं घरहरु बगाएको वा भत्किएको जानकारी दिएका छन् । घटनास्थलमा उद्धार तथा खोजी कार्य भइरहेको जनाइएको छ । बाढी र पहिरोबाट प्रभावितहरुलाई घटनास्थलबाट विभिन्न ठाउँमा स्थानान्तरण गरिएको र अस्थायी बसोबासको व्यवस्था गर्न लागिएको छ। 

फोटो : AP/AFP/BBC



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell