PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

खुम्बु क्षेत्रमा एक भारतीय पर्यटकको मृत्यु



पहिलोपोस्ट

खुम्बु क्षेत्रमा एक भारतीय पर्यटकको मृत्यु
प्रतीकात्मक तस्विर

सोलुखुम्बुः खुम्बु क्षेत्रको भ्रमणमा आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ।

खुम्बु भ्रमणमा आएका भारतीय नागरिक रविकान्त मिश्रको आइतबार अचानक बिरामी भइ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ। रामवेलर्स नेपाल ट्रेकिङ एड्भेन्चर प्रालि नेपालगञ्ज बाँकेमार्फत सगरमाथा आधार शिविर भ्रमणमा आएका ३० वर्षीय भारतीय नागरिक मिश्र शनिबार बेलुकी खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ थुक्लाको याक होटलमा बास बसेका थिए।

आइतबार एक्कासी बिरामी भएका मिश्रलाई उपचारका लागि ल्याउने क्रममा लुक्लामा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी सहायक निरीक्षक वीरेन्द्र कार्कीले जानकारी दिए।

कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि एभरेष्ट एयरको हेलिकप्टरमार्फत आइतबार नै काठमाडौँको शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell