PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ठेकेदारको सङ्गठनको आरोपः ‘सिक्टा प्रकरणमा विक्रम पाण्डेमाथि मुद्दा चलाइनु हचुवा र पूर्वाग्रही’



पहिलोपोस्ट

ठेकेदारको सङ्गठनको आरोपः ‘सिक्टा प्रकरणमा विक्रम पाण्डेमाथि मुद्दा चलाइनु हचुवा र पूर्वाग्रही’

काठमाडौँः निर्माण व्यवसायीहरुको राष्ट्रिय सङ्गठन नेपाल निर्माण व्यवसायी महासङ्घले पूर्वमन्त्री एवं कालिका कन्स्ट्रक्सनको अध्यक्ष विक्रम पाण्डेमाथि अख्तियारले हचुवा तथा पूर्वाग्रही रूपमा मुद्दा चलाएको आरोप लगाएको छ। महासङ्घले विज्ञप्ति प्रकाशन गर्दै प्रतिष्ठित कम्पनीको विगतको कामको अवमूल्यन गर्दै पाण्डेको सार्वजनिक छविमा आँच आउने गरी मुद्दा चलाएको आरोप लगाएको हो।

अख्तियारले शुक्रवार पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको मूल नहर परीक्षणकै क्रममा भत्किएपछि अख्तियारले छानबिनपछि निर्माण कम्पनी र सम्बद्ध सरकारी कर्मचारीमाथि मुद्दा दर्ता गरेको हो।

पढ्नुस्ः पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध २ अर्ब रुपैयाँ भ्रष्टाचार मुद्दा

महासङ्घले निर्माण व्यवसायीमाथि फौजदारी कानुन अन्तर्गत मुद्दा चलाउने कार्य तत्काल रोक्न पनि माग गरेको छ। यस्तै, व्यवसायीमाथि मुद्दा चलाउने जस्ता गतिविधि रोक्न पनि माग गरेको छ।

महासङ्घले यसअघि जब्दीघाट पुल निर्माणमा अनियमितता गरेको आरोपमा मुद्दा चलाइएका बहालवाला सांसद हरिनारायण रौनियारको पनि बचाउ गर्दै विज्ञप्ति प्रकाशन गरेको थियो। सार्वजनिक खरिद अनुगमनको कार्यालयले नयाँ ठेक्कामा भाग लिन रोक लगाउने निर्णय गरेपछि महास‌ंघले विरोध जनाएको थियो। 

पढ्नुस्ः पप्पु कन्स्ट्रक्सनको पक्षमा बोल्यो निर्माण व्यवसायी महासंघ, 'ठेक्कामा भाग लिन रोक्ने निर्णय पूर्वाग्रहको निरन्तरता'  

पछिल्लो समय अख्तियारले समयमै काम नसक्ने ठेकेदार र कम्पनीमाथि निगरानी बढाइरहेको छ। पछिल्लो दुई महिनाको अवधिमा देशकै दुई निर्माण कम्पनी पप्पु र कालिकामाथि मुद्दा चलाइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell