PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ए डिभिजन लिग : टंक बस्नेतको गोलमा आर्मी विजयी



पहिलोपोस्ट

ए डिभिजन लिग : टंक बस्नेतको गोलमा आर्मी विजयी
file photo

काठमाडौँ : टंक बहादुर बस्नेतले दोस्रो हाफमा गरेको एक मात्र गोलको मद्दतमा त्रिभुवन आर्मीले सहिद स्मारक ए डिभिजन लिगमा सोमवार ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ।

एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले ब्रिगेडलाई १-० ले पराजित गर्दै सिजनको पाँचौ जित हात पारेको हो।

टंकले ६६औँ मिनेटमा गोल गरेका हुन्। जितपछि ७ खेलबाट १७ अंङ्क जोडेको आर्मी अझै मनाङ, थ्री स्टार संकटा भन्दा अंकतालिकामा पछाडी छ। आर्मी चौथो स्थानमा यथावत छ।

एक खेल कम खेलेको मनाङ १८ अंकसहित शीर्ष स्थानमा छ। ७ खेलबाट समान १८ अंक नै जोडेको थ्री स्टार र संकटा दोस्रो र तेस्रो स्थानमा छ।

उपाधि दाबेदार मनाङले आजै मछिन्द्र क्लबसँग खेल्दैछ। उक्त खेल जिते मनाङले ३ अंकको स्पष्ट अग्रता बनाउनेछ। लिगको पहिलो खेलमै एनआरटीसँग बराबरी खलेको आर्मीले पछिल्लो खेलमा फ्रेण्ड्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो। उक्त बराबरीपछि आर्मीको उपाधि यात्रामा केही धक्का लागेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell