PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बेलायत पुनः युरोपेली युनियनमा आबद्ध हुन सक्छ: युरोपेली अदालत



बेलायत पुनः युरोपेली युनियनमा आबद्ध हुन सक्छ: युरोपेली अदालत
फोटो : ECJ

ब्रसेल्स : युरोपेली युनियनको न्यायिक अदालतले बेलायतले युनियनबाट बहिर्गमन (ब्रेक्जिट) को निर्णयमा पुनर्विचार गर्न र युनियनमा रहन सक्ने फैसला गरेको छ। 

अदालतले दिएको आदेशमा कुनै सदस्य राष्ट्रले बहिर्गमनको आदेशलाई अर्को सूचना दिएर पुनः युरोपेली युनियनमा आबद्ध हुन सक्ने उल्लेख छ। 

बेलायतमा सन् २०१६ मा भएको जनमतसंग्रहमा युरोपेली युनियनको सदस्यता त्याग्ने पक्षमा झिनो बहुमत प्राप्त भएको थियो।

बेलायतले मार्च २०१७ मा लिस्बन सन्धिको धारा ५० बमोजिम २८ मुलुक सदस्य रहेको युरोपेली युनियनबाट बाहिरिने निर्णयसम्बन्धी लिखित सूचना युनियनसमक्ष दिएको थियो। 

स्कटल्यान्डका केही सांसदहरुले बेलायतको बहिर्गमनका विषयमा पुनर्विचार गर्नेगरी युरोपेली न्यायिक अदालतमा अनुरोध गरेका थिए।
रासस/एपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell