PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जनसम्बन्ध सुधार गर्न उच्चस्तरीय मञ्च बनाउँदै चीन र भारत, दुई देशका विदेशमन्त्रीले उद्घाटन गर्ने



जनसम्बन्ध सुधार गर्न उच्चस्तरीय मञ्च बनाउँदै चीन र भारत, दुई देशका विदेशमन्त्रीले उद्घाटन गर्ने
फोटो: rightlog.in

नयाँ दिल्ली: भारत र चीनले कुटनीतिक संवादका लागि मञ्च खडा गर्ने भएका छन्। दुई देशबीच उच्चस्तरीय जन सम्बन्ध तथा संस्कृति आदानप्रदानका लागि डिसेम्बर २१ मा साझा मञ्च खडा गर्ने भएका छन्।

यो मञ्चले दुई देशबीचको सम्बन्धमा ‘आइस ब्रेक’ गर्ने बताइएको छ। यो मञ्चको उद्घाटन भारतीय विदेशमन्त्री सुस्मा स्वराज र उनका चिनियाँ समकक्षी तथा स्टेट काउन्सिलर वाङ यीले गर्ने टाइम्स अफ इन्डियाले जनाएको छ।

गत वर्ष दोक्लम विवाद र भारतलाई न्यूक्लियर सप्लायर्स ग्रुप (एनएसजी)मा प्रवेश गराउन चिनियाँ अस्वीकृतिले दुई देशबीच दुरी बढेको थियो।

तर पछिल्लो पटक गत अप्रिलमा वुहानमा चिनियाँ राष्ट्रपति सी जिङपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको अनौपचारिक सम्मेलनले दुई देशको सम्बन्ध सुधार हुँदै गएको छ।

सम्मेलनका क्रममा दुई नेताबीच जनसम्बन्ध सुदृढ गर्दै संस्कृतिक साझेदारीलाई अगाडि बढाउने सहमति गरेका थिए।

नयाँ दिल्लीस्थित चिनियाँ दुतावासले गत महिना मात्रै युथ डाइलग कार्यक्रमको आयोजना गर्दै उच्चस्तरीय जनसम्बन्ध तथा सांस्कृतिक आदानप्रदान कार्यक्रम गरेको थियो। त्यतिवेला चिनियाँ राजदुत लुओ चाओहुइले चीन भारत सम्बन्ध इीतहासकै उत्कृष्ट समयमा रहेको बताएका थिए।

गत महिना चिनियाँ विदेशमन्त्री वाङ र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भएको भेटवार्तापछि सम्बन्धलाई अगाडि बढाउन मञ्च गठन गर्ने सहमति भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell