PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

राजस्व छलीमा ४२ फर्मविरुद्ध मुद्दाः करिब ६ अर्ब बिगो, ७६ जना प्रतिवादी



पहिलोपोस्ट

राजस्व छलीमा ४२ फर्मविरुद्ध मुद्दाः करिब ६ अर्ब बिगो, ७६ जना प्रतिवादी
फाइल फोटो

काठमाडौँः राजस्व अनसन्धान विभागले चालु वर्षको पाँच महिनामा ४२ फर्मविरुद्ध राजस्व छलीमा मुद्दा दायर गरेको छ। विभागले मुद्दा दर्ता गरेका फर्मका ७६ जनालाई प्रतिवादी बनाइएको छ। ४२ फर्मसँग विभागले पाँच अर्ब ७७ करोड १७ करोड ६ हजार १३६ रुपैयाँ बिगो दाबी गरेको छ।

मुद्दा दायर गरेका ७६ प्रतिवादीमध्ये ८ सरकारी कर्मचारी छन्। राज्यलाई हानी पु¥याइ व्यवसायीलाई फाइदा पुग्नेगरि मिलेमतोमा भन्सार मूल्याङ्कनमा लापरबाही गरेको आरोप उनीहरुमाथि विभागको छ।

विभागले मुद्दा दर्ता गरेकामध्ये ४२ फर्मसँग तीन अर्ब २७ करोड ५२ लाख ४६ हजार ६८३ रुपैयाँ धरौटी रकम माग गरेको छ। विभागको माग अनुसार २२ करोड ५७ लाख ९८ हजार १३९ धरौटी बापतको दाखिला भएको विभागले जनाएको छ।

विभागले सोमबारमात्र बिगो तथा जरिवाना गरी ७५ करोड रुपैयाँ माग दाबी गर्दै रसुवा भन्सार कार्यालयका दुई कर्मचारीसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

कुन फर्म र व्यक्तिविरुद्ध मुद्दा दर्ता? हेर्नुस् विवरण
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell