PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

स्टक एक्सचेञ्ज कार्यालयमा धर्ना जारी



स्टक एक्सचेञ्ज कार्यालयमा धर्ना जारी

काठमाडौं : धितोपत्र बजार सुधारको माग राख्दै अनशनमा बसेका लगानीकर्ताले आज पनि नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा धर्ना दिएका छन्। 

धर्नालाई नेपाली काङ्ग्रेसका नेता रामहरि खतिवडाले ऐक्यबद्धता जनाएका छन्। शेयर बजार सुधारको यात्रामा आफ्नो साथ रहेको भन्दै खतिवडाले लगानीकर्तालाई विश्वासमा लिएर बजार विस्तार गर्नुपर्ने बताए। उनले मुलुकको आर्थिक अवस्थाको प्रतिविम्बका रूपमा रहेको शेयर बजारलाई व्यवस्थित बनाउन सरकारले विशेष पहल गर्नुपर्ने सुझाव दिए। 

लगानीकर्ताले आज तेस्रो दिन पनि अनशन जारी राखेका हुन्। सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ। सो कार्यदलले काम शुरु गरिसकेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले यही मङ्सिर २० गते उक्त कार्यदल गठन गरेका हुन्। 

कार्यदलको पहिलो बैठक यही मङ्सिर २३ गते बसेको थियो। बैठक पुनः आज बस्ने कार्यसूची रहेको छ। अर्थ मन्त्रालयले कार्यदललाई सात दिनभित्र सुझाव दिन समयावधि तोकेको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell