PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

संयुक्त बैठक बस्न सकेन, सेयरसम्बन्धी छलफलमा कोरम नपुग्दा भएन कुनै निर्णय



संयुक्त बैठक बस्न सकेन, सेयरसम्बन्धी छलफलमा कोरम नपुग्दा भएन कुनै निर्णय

काठमाडौं: आज संघीय संसदको अर्थ र कृषि समितिको संयुक्त बैठक बोलाइएको थियो। तर अर्थ समितिका सांसदहरु सहभागी नहुदाँ संयुक्त बैठक हुन सकेन। संयुक्त समितिको बैठकमा समितिका सदस्यहरु डा. बाबुराम भट्टराई, रामकुमारी झाँकीबाहेक अरु सांसदहरु पुगेनन्।

त्यसपछि १ बजेका लागि बोलाइएको अर्थ समितिको बैठक आधा घन्टा शुरु भयो। तर, ढिला बस्दा पनि कोरम पुगेन। यसमा सेयर मार्केटसम्बन्धी छलफलको विषय रहेको थियो। समितिका २५ सदस्यमध्ये ८ जनामात्र बैठकमा सहभागी भए। तुलसी थापा, डा. बाबुराम भट्टराई, मोतीलाल दुगड, रामकुमारी झाँक्री, श्याम श्रेष्ठ, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्कीमात्रै सहभागी थिए। 

कोरम नपुग्दा समितिले कुनै निर्देशन दिन सकेन। सेयर मार्केटसम्बन्धी छलफलका लागि अर्थमन्त्री डा युवराज खतिवडा, गभर्नर चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, नेपाल इन्भेस्टर फोरम अध्यक्ष अम्बिकाप्रसाद पौडेल र ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट सहभागी थिए।

छलफलमा सांसदहरु सहभागी नहुँदा कुनै निर्णय हुन सकेन। सभापति कृष्णप्रसाद दाहालअनुसार यस विषयमा पुन छलफल गरी आवश्यक निर्देशन दिइनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell