PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भाजपाले हारेपछि छत्तिसगढका मुख्यमन्त्रीले दिए राजीनामा, पाँचमध्ये तीन राज्यमा कांग्रेसको अग्रता



भाजपाले हारेपछि छत्तिसगढका मुख्यमन्त्रीले दिए राजीनामा, पाँचमध्ये तीन राज्यमा कांग्रेसको अग्रता
फोटो: Rediff.com

काठमाडौं: लोकसभा निर्वाचन नजिकिँदै गर्दा भारतका पाँच प्रदेशमा भएको प्रदेशसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टीलाई धक्का लागेको छ।

विधान सभाको निर्वाचन परिणाम सार्वजनिक हुँदै गर्दा भाजपा पछाडि परेको छ। सन् २०१४ मा नराम्रो हार व्यहोरेको भारतीय नेसनल कांग्रेसले जित हासिल गरेको छ। छत्तिसगढमा कांग्रेसले दुई तिहाई सिटमा विजयी हासिल गर्ने तर्फ लम्किएको छ। यहाँ ९० सिटमध्ये ६४ सिटमा कांग्रेस अगाडि छ भने सत्तारुढ दल भाजपा १६ सिटमा खुम्चिएको छ।

त्यस्तै तेलंगनामा पनि भाजपाले हार व्यहोरेको छ। ११९ सिट रहेको यहाँ तेलंगना राष्ट्र समिति (टिआरएस)ले दुई तिहाई जित हासिल गरेको छ। ११९ मध्ये ११८ सिटमा नतिजा सार्वजनिक भएको छ। जसमध्ये टीआरएसले ८७ सिट हासिल गरेको छ। यो उसले ७३.१ प्रतिशत मत प्राप्त गरेको छ। त्यस्तै कांग्रेसले १९ सिट र टीडीपीले २ र भाजपाले एक सिट हात पारेको छ। यहीँ भारतीय कम्युनिस्ट पार्टीले कुनै सिट हासिल गरेको छैन्।

छत्तिसगढमा कांग्रेसले ९० सिट मध्ये ६५ स्थानमा अग्रता कायम गरेको छ। यहाँ विजेपी १७ र बहुजन समाजवादी पार्टीले ८ सिटमा अग्रता कायम गरेका छन्। यही अन्य दलको १ सिट छ।

यता राजस्थानमा पनि कांग्रेस बहुमत तर्फ उक्लिएको छ। यहाँको २०० सिट मध्ये कांग्रेस १०१ सिटमा अगाडि छ भने भाजपा ७३ मा सिमित भएको छ। त्यस्तै अन्य दल १९ र बहुजन समाजवादी पार्टीले ६ स्थानमा अग्रता कायम गरेका छन्।

राजस्थानमा यहाँका गाइपालन मन्त्री ओताराम पराजित भएका छन्। उनलाई स्वतन्त्र उम्मेद्वार सन्याम लोधले १०  हजार २५३ मतले पराधि गरेका हुन्। उनी कांग्रेसका बागी उम्मेदवार हुन्। त्यस्तै खानेपानी मन्त्री राम प्रतापले पनि कांग्रेसका विनोद कुमारसँगै १५ हजार ५२२ मतले पराजित गरेका छन्।

यता मध्ये प्रदेशमा भाजपा र कांग्रेसबीच कडा टक्कर देखिएको छ। यो समाचार तयार पार्दासम्म कांग्रेसले अग्रता कायम गरेको छ। यहाँ कांग्रेसले ११४ स्थानमा अग्रता कायम गर्दा भाजपा १०८ मा अग्रता कायम गरेको छ भने अन्य दलले ८ स्थानमा अग्रता लिएका छन्।

कुल २३० सिट मध्ये सरकार बनाउन ११६ सिट आवश्यक हुन्छ। यहाँ पनि भाजपाको कमाण्ड असफल सावित भएको छ।

यहाँ बीजेपीका मन्त्री दीपक जोशी पराजित भएका छन्। उनलाई पहिलो पटक चुनाव लडेका कांग्रेसका उम्मेदवार सन्जय शुक्लाले पराजित गरेका हुन्।

यता मिजरोममा कांग्रेसले हार व्यहोरेको छ। कांग्रेसको प्रभाव रहेको राज्यमा मिजो नेसनल फ्रन्ट (एमएनएफ)ले बहुमत हासिल गरेको छ।

कुला ४० सिट रहेको यहाँ एमएनएफले २६ स्थानमा जित हासिल गरेको छ। यहाँ बहुमतका लागि २१ सिट आवश्यक छ। यहाँ कांग्रेसले ५ सिट हात पारेको छ। भने भाजपाले १ सिटमा जित हात पारेको छ।

अन्य पार्टीले ८ स्थानमा जित हासिल गरेका छन्।

यसैबीच छत्तिसगढका मुख्यमन्त्री रमन सिंहले भाजपाको हारसँगै राजिनामा दिएका छन्। उनले गर्भनरलाई आफ्नो राजिनामा पत्र बुझाएका छन्। त्यस्तै मिजरोमका मुख्यमन्त्री लाल थानहवालाले पनि पदबाट राजिनामा दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell