PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दश दिनका लागि स्थगित भएको संवैधानिक परिषद आजै, प्रधानन्यायाधीश सिफारिसको तयारी



पहिलोपोस्ट

दश दिनका लागि स्थगित भएको संवैधानिक परिषद आजै, प्रधानन्यायाधीश सिफारिसको तयारी

काठमाडौँः पुस ५ गतेसम्मका लागि स्थगित गरिएको संवैधानिक परिषद् बैठक आज नै बस्ने भएको छ। मंगलबार राति प्रधानमन्त्री कार्यालयबाट परिषद पदाधिकारीलाई बिहान ९ बजे बैठक बस्ने सूचना पठाइएको हो। परिषद बैठकमा प्रधानन्यायाधीश र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी सिफारिस गर्ने कार्यसूची रहेको छ। 

मंगलबार बिहान बोलाइएको बैठक साँझसम्मका लागि स्थगित भएको थियो। साँझको बैठक पनि प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका नेता शेरबहादुर देउवाको व्यस्तताका कारण स्थगित भएको थियो।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell